4 years ago
November 6, 2021
एजेन्सी – दक्षिण अफ्रिाकाले आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह १ को अन्तिम खेलमा इंग्ल्यान्डलाई १ सय ९० रनको लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । दक्षिण अफ्रिकाका लागि शीर्षक्रमका अनुभवी ब्याटर रास्सी भान डर डुसेन ६० बलमा ५ चौका र ६ छक्का सहित सर्वाधिक ९४ रनको उत्कृष्ट अविजित इनिङ खेले ।
युवा ब्याटर एडेन माक्ररम २५ बलमा २ चौका र ४ छक्का सहित ५२ रनमा अविजित रहे । तेस्रो विकेटका लागि डुसेन र एडेन माक्ररमले ५२ बलमा १ सय ३ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरेपछि दक्षिण अफ्रिकाले बलियो योगफलमा पुगेको हो ।
क्विन्टन डी कक २७ बलमा ४ चौका सहित ३४ रनमा आउट भए । दक्षिण अफ्रिकाले दोस्रो ओभरको चौथो बलमै ओपनर रिजा हेन्ड्रिक्सलाई २ रनमा गुमाएको थियो । मोईन अलीको बलमा रिजा बोल्ड आउट भएका थिए । पहिलो विकेट गुमाउँदा दक्षिण अफ्रिकाले १५ रन मात्र बनाएको थियो । दोस्रो विकेटका लागि क्विन्टन डी कक र डुसेनले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
१२ औं ओभरको दोस्रो बलमा स्पिनर आदिल राशिदले डि ककलाई जेसन रोयबाट क्याच आउट गराएका थिए । दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पुग्न इंग्ल्यान्डलाई १ सय ३१ भन्दा कम रनमा रोक्नुपर्ने हुन्छ । अन्यथा जितको बाबजुद पनि दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्न सक्ने छैन । दक्षिण अफ्रिका पराजित भएमा स्वत बाहिरिनेछ । इंग्ल्यान्डले १ सय ३१ रन भन्दा माथि बनाएमा अष्ट्रेलिया सेमिफाइनलमा नेटरनरेटको आधारमा पुग्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]