4 years ago
November 6, 2021
एजेन्सी – अष्ट्रेलिया आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ को अन्तिम खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिका नतिजा आफू अनुकुल आएपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । अष्ट्रेलिया सुपर १२ को समूह १ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको छ ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ९० रनको विजयी लक्ष्य इंग्ल्यान्डले १५.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको छ । दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न इंग्ल्यान्डलाई १ सय ३१ भन्दा कम रनमा अल आउट वा रोक्नुपर्ने हुन्थ्यो । त्यसो नभएपछि अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।
आजनै पहिलो खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । अष्ट्रेलियाले समूह चरणमा ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा छ । तर सेमिफाइनलको लागि यस नतिजा पर्खनु पथ्र्यो । अष्ट्रेलिया चौथो पटक सेमिफाइनलम पुगेको हो । यसअघि २००७, २०१० र २०१२ मा सेमिफाइनलम पुगेको थियो । समूह १ को विजेत इंग्ल्यान्ड बनि सकेको छ । अष्ट्रेलियाले सेमिफाइनलमा समूह २ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ। सुपर १२ को समूह २ को विजेता पाकिस्तान बन्ने निश्चित जस्तै छ ।

अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदा इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । बंगलादेशलाई ८ विकेटले हराएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]