default_image

4 years ago

November 7, 2021

न्युजिल्यान्डलाई सजिलै सेमिफाइनलमा पुग्ने अवसर

184 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह मा न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाउन अफगानिस्तानसँग खेल्दै छ । आफ्नो समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्ड अफगानिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गराउन चाहन्छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरुहुनेछ ।

आजको खेलमा न्युजिल्यान्ड विजयी हुँदा भारत भने एक खेल अगावै समूह चरणबाटै बाहिरिनेछ । अफगानिस्तानले जित निकालेको खण्डमा नेटरनरेटको आधारमा भारतको सेमिफाइनल खेल्ने सम्भावना छ । भारतले अन्तिम खेल नामिबियासँग सोमबार खेल्नेछ । न्युजिल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।

न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गरे सजिलै सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंक जोड्दै चौथो स्थानमा छ । पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा रहँदै एक खेल अगावै सेमिफाइनलमा पुगि सकेको छ । भारत ४ खेलमा समान २ मा जित र हार सहित तेस्रो स्थानमा छ । न्युजिल्यान्डको नेटरनरेट प्लस १.२७७, भारतको प्लस १. ६१९ र अफगानिस्तानको प्लस १.४८१ छ । न्युजिल्यान्ड विजयी हुँदा अफगानिस्तान र भारतको अंक गणीतिय नेटरनरेटको सम्भावना सकिनेछ ।

न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भारतलाई ८ विकेट, स्कटल्यान्डलाई १६ रन र नामिबियालाई ५२ रनले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल राम्रो लयमा छन् । गुप्टिलले स्कटल्यान्डविरुद्ध ९३ रनको इनिङ खेलेका थिए ।


नामिबियाविरुद्ध जेम्श निशम र ग्लेन फिलिप्सले टोलीको जित तय गरेका थिए । कप्तान केन विलियम्सन, गुप्टिल र ग्लेन फिलिप्स प्रमुख ब्याटिङ हतियार हुन् । तीव्र गतिका बलरमा एडम मिल्ने, ट्रेन्ट बोल्ट र टिम साउथी छन् । स्पिनर जोडीमा ईश सोधी र मिचेल सान्टनर रहनेछन् । सोधी र बोल्टको प्रदर्शन बलिङमा महत्वपूर्ण हुनेछ ।

यता अफगानिस्तान न्युजिल्यान्डलाई स्तब्ध पार्दै सेमिफाइनलको आशा कायमै राख्न चाहन्छ । अफगानिस्तानले पहिलो खेलमा स्कटल्यान्डलाई १ सय ३० रनको फराकिलो अन्तरले हराउँदा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । नामिबियालाई ६२ रनले हराउँदा भारतसँग ६६ रनले पराजित भएको थियो । भारतसँगको हारमा मिलेमतो गरे भन्दै अफगानिस्तानको आलोचना पनि भई राखेको छ ।

अफगानिस्तानको ब्याटिङ शीर्षक्रममा बढी निर्भर छ । ओपनर मोहम्मद शाहजाद र रहमानउल्लाह गुर्बाज चलेको खण्डमा न्युजिल्यन्डलाई रोक्न कठिन पर्नसक्छ । त्यस्तै ओपनर हज्रतुल्लाह जजाई र नाजिबउल्लाह जद्रान पनि राम्रो लयमा छन् । कप्तान मोहम्मद नाबी, अलराउन्डर करिम जन्नत र स्पिनर राशिद खान पनि तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

अफगानिस्तानको मुख्य आक्रामण स्पिन बलिङ हो । तर भारतविरुद्ध स्पिनर मुजिब उर रहमान खेलेका थिएनन् । उनी आजको खेलमा पनि फिट नभए स्पिन आक्रामण केहि कमजोर बन्नेछ । राशिद खान र मोहम्मद नाबी प्रमुख स्पिनर हुन् । अफगानिस्तानको तीव्र गतिको बलिङ युनिट भने कमजोर छ । भारतविरुद्ध प्रमुख तीव्र गतिका बलर नविन उल हकले ४ ओभरमा ५९ रन खर्चेका थिए ।

न्युजिल्यान्ड र अफगानिस्तानबीच पहिलो पटक टि२० आई खेल हुन लागेको हो । सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड समूह विजेता र अष्ट्रेलिया उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । आजको दोस्रो खेलमा पाकिस्तान र स्कटल्याडबीच प्रतिस्पर्धा हुनेछ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनायो । इंग्ल्यान्डको नेटरनरेट प्लस २.४६४ रह्यो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलियाको नेटरनेट प्लस १।२१६ रह्यो ।

दक्षिण अफ्रिकाको ५ खेलमा ४ मा जित र १ मा हार ८ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो स्थानमा रह्यो । दक्षिण अफ्रिका नेटरनरेट प्लस ०.७३९ रह्यो । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो, वेस्टइन्डिज ५ खेलमा १ मा जित र ४ मा हार सहित पाँचौ र बंगलादेश ५ खेलमा ५ मानै हारका साथ बाहिरिए ।

सुपर १२ को समूह २ मा पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । न्युजिल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हार सहित आधारमा दोस्रो स्थानमा छ । भारत ४ खेलमा २ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा छ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । नामिबिया ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ४ खेलमानै पराजित भएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.