4 years ago
November 7, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा अव सुपर १२ का तीन खेल हुन बाँकी छन् । सुपर १२ समूह १ का सबै खेलहरु सकिँदा इंग्ल्यान्ड विजेता र अष्ट्रेलिया उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् । समूह २ बाट पाकिस्तान सेमिफाइनलमा पुगि सकेको छ । अव भारत, अफगानिस्तान र न्युजिल्यान्ड मध्य एक टोली सेमिफाइनलमा पुग्नेछन् । जसमा न्युजिल्यान्डको सम्भावना उच्च छ ।

न्युजिल्यान्डले आफ्नो समूह चरणको अन्तिम खेलमा आज अफगानिस्तानलाई हराएको खण्डमा सेमिफाइनलमा पुग्नेछ । न्युजिल्यान्ड आजको खेलमा विजयी भएमा ८ अंक हुनेछ । भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई पराजित गर्दा ६ अंक हुनेछ । जसको कारण भारत आजको खेलमा न्युजिल्यान्डको हार चाहन्छ । तर केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्ड अफगानिस्तानलाई सजिलै हराउँदै सेमिफाइनलमा स्थान बनाउन चाहन्छन् । न्युजिल्यान्ड पराजित भएको खण्डमा भने बाहिरिने निश्चित जस्तै छ ।
न्युजिल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । अफगानिस्तानलाई पराजित गरे ८ अंकका साथ दोस्रो स्थानमा रहनेछ । पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा रहँदै एक खेल अगावै सेमिफाइनलमा पुगि सकेको छ । पाकिस्तानले आज दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दैछ । पाकिस्तानले स्कटल्यान्डलाई पराजित गरे १० अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्नेछ ।
तर स्कटल्यान्डसँग अप्रत्याशित हार बेहोरेको खण्डमा पाकिस्तान उपविजेतामा सिमित हुनसक्छ । न्युजिल्यान्ड विजयी भएमा र पाकिस्तान पराजित भएमा दुबै टोलीको ८–८ अंक हुनेछ । नेटरनरेटमा पाकिस्तान भन्दा न्युजिल्यान्डमाथि छ । न्युजिल्यान्डको नेटरनरेट प्लस १.२७७ र पाकिस्तानको प्लस १.०६५ छ ।

न्युजिल्यान्ड पराजित भएको खण्डमा भने भारत सेमिफाइनलमा पुग्ने बलियो समिकरण छ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंक जोड्दै चौथो स्थानमा छ । भारत ४ खेलमा समान २ मा जित र हार सहित तेस्रो स्थानमा छ । न्युजिल्यान्डको नेटरनरेट प्लस १.२७७, भारतको प्लस १. ६१९ र अफगानिस्तानको प्लस १.४८१ छ । न्युजिल्यान्ड विजयी हुँदा अफगानिस्तान र भारतको अंक गणीतिय नेटरनरेटको सम्भावना सकिनेछ ।
भारतको अहिले पनि नेटरनरेटमा न्युजिल्यान्ड र अफगानिस्तानमाथि छ । अन्तिम खेलमा नामिबियासँग खेल्नेछ । नामिबियाविरुद्ध भारतलाई नेटरनरेट बढाउन अझ सहज हुनेछ । न्युजिल्यान्ड पराजित हुँदा तीनै टोलीको समान ६–६ अंक हुनेछ । नेटरनरेटमा भारत माथि रहँदै सेमिफाइनल खेल्ने उच्च सम्भावना छ । त्यसैले भारतको विश्वकपमा भविष्य अफगानिस्तानको हातमा छ । अफगानिस्तान विजयी भएमा भारत सेमिफाइनल खेल्नेछ । अफगानिस्तान पराजित भएमा भारत पनि बाहिरिनेछ ।

सेमिफाइनलमा इंग्ल्यान्डले समूह २ को उपविजेता र अष्ट्रेलियाले समूह २ को विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ नेटरनरेटमा शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई नेटरनरेटमा पछि पार्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । अष्ट्रेलिया र दक्षिण अफ्रिका समान ५ खेलमा ४ मा जित र १ मा हार सहित ८–८ अंक भएपनि नेटरनरेटमा अष्ट्रेलिया अघि रहँदै सेमिफाइनलमा पुगेको हो । पहिलो सेमिफाइनल नोभेम्बर १० (बुधबार) र दोस्रो सेमिफाइनल नोभेम्बर ११ (बिहीबार) मा हुनेछ । फाइनल १४ नोभेम्बर (आइतबार) हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]