4 years ago
November 7, 2021
एजेन्सी – अर्को वर्ष अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि एसोसियट टोली नामिबिया र स्कटल्यान्ड सोझै छनोट भएका छन् । आइसिसी टि२० विश्वकप २०२१ मा उत्कृष्ट प्रदर्शनका साथ सुपर १२ मा स्थान बनाएपछि सोझै स्थान बनाएका हुन् । अर्को वर्ष हुने टि२० विश्वकपको लागि १२ टोलीको टुङ्गो लागेको छ ।

अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेश सुपर १२ मा रहने पक्का भएको छ । आइसिसी टि२० वरीयतामा शीर्ष ८ मा रहेका यी टोली सोझै सुपर १२ मा पुगेका हुन् । दुई पटकको च्याम्पियन वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्यान्डले पहिलो चरणमा स्थान बनाएका छन् । अव विश्वकपमा चार टोलीले स्थान बनाउने छन् । ग्लोबल छनोटमा नेपाल सहित कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट समूह ए र बी का शीर्ष दुई दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
यस विश्वकपबाट पहिलो चरणबाटै बाहिरिएका आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र ओमान ग्लोबल छनोट खेल्नेछन् । त्यस्तै नेपाल, सिंगापुर, युएई र जिम्बावे वरियताको आधारमा ग्लोबल छनोटमा गतवर्ष पुगेका थिए । विभिन्न क्षेत्रबाट छनोट भएर आएका ८ टोली गरि कुल १६ टोली हुनेछन् । १६ टोलीलाई दुई समूहमा विभाजन गरिने छ । जसबाट हरेक समूहका शीर्ष दुई दुई टोली विश्वकपमा पुग्नेछन् ।
टि२० विश्वकप २०२२ आगमी वर्ष अक्टोबर नोभेम्बरमा हुनेछ । २०२४ देखि भने टि२० विश्वकपमा २० टोली हुनेछन् । यस विश्वकप अष्ट्रेलियामा २०२० म हुनुपर्ने थियो । तर कोरोना महामारीको कारण २०२१ मा सरेको थियो । २०२१ मा पनि टि२० विश्वकप भारतमा हुने कार्यक्रम थियो । जसको कारण २०२० मा हुनुपर्ने टि२० विश्वकप २०२२ मा हुनेछ ।

नामिबियाले पहिलो पटक विश्वकप खेल्दै उत्कृष्ट प्रदर्शनका साथ सुपर १२ मा स्थान बनाएको हो । पहिलो चरणको समूह ए मा रहेको नामिबियाले आयरल्यान्डलाई पछि पार्दै दोस्रो स्थानमा रहेर सुपर १२ खेलेको थियो । पहिलो चरणमा श्रीलंकासँग ७ विकेटले पराजित भएपनि त्यसपछि नेदरल्यान्ड्सलाई ६ विकेट र आयरल्यान्डलाई ८ विकेटले पराजित गर्दै सुपर १२ को समूह २ मा स्थान बनाएको थियो ।
सुपर १२ को पहिलो खेलमै स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो । अफगानिस्तानसँग ६२, पाकिस्तानसँग ४५ रन र न्युजिल्यान्डसँग ५२ रनले पराजित हुँदै बाहिरि सकेको छ । अन्तिम खेल भारतसँग सोमबार खेल्नेछ । स्कटल्यान्डले पहिलो खेलमै बंगलादेशलाई ६ रनले पराजित गरेपछि समूह बी बाट सुपर १२ मा समूह विजेताको रुपमा स्थान बनाएको हो ।
दोस्रो खेलमा पपुवा न्युगिनीलाई १७ रन र ओमानलाई ८ विकेटले हराएको थियो । सुपर १२ मा अफगानिस्तानसँग १ सय ३० रन, नामिबियासँग ४ विकेट, न्युजिल्यान्डसँग १६ रन र भारतसँग ८ विकेटले पराजित भएको थियो । अन्तिम खेल आज पाकिस्तानसँग खेल्दैछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]