4 years ago
November 7, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह २ मा रहेको अफगानिस्तानले न्युजिल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा अफगानिस्तानका कप्तान मोहम्मद नाबीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

अफगानिस्तानले टोलीमा आज एक परिवर्तन गरेको छ । स्पिनर मुजिब उर रहमान टोलीमा फर्किएका छन् । मुजिब भारतसँगको खेलमा बेन्चमा थिए । न्युजिल्यान्डले टोलीमा कुनै परिवर्तन गरेको छैन । न्युजिल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गरे सजिलै सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंक जोड्दै चौथो स्थानमा छ ।
पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा रहँदै एक खेल अगावै सेमिफाइनलमा पुगि सकेको छ । भारत ४ खेलमा समान २ मा जित र हार सहित तेस्रो स्थानमा छ । न्युजिल्यान्डको नेटरनरेट प्लस १.२७७, भारतको प्लस १.६१९ र अफगानिस्तानको प्लस १.४८१ छ । न्युजिल्यान्ड विजयी हुँदा अफगानिस्तान र भारतको अंक गणीतिय नेटरनरेटको सम्भावना सकिनेछ ।
न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भारतलाई ८ विकेट, स्कटल्यान्डलाई १६ रन र नामिबियालाई ५२ रनले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो । अफगानिस्तानले पहिलो खेलमा स्कटल्यान्डलाई १ सय ३० रनको फराकिलो अन्तरले हराउँदा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । नामिबियालाई ६२ रनले हराउँदा भारतसँग ६६ रनले पराजित भएको थियो ।
न्युजिल्यान्ड र अफगानिस्तानबीच पहिलो पटक टि२० आई खेल हुन लागेको हो । सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड समूह विजेता र अष्ट्रेलिया उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । आजको दोस्रो खेलमा पाकिस्तान र स्कटल्याडबीच प्रतिस्पर्धा हुनेछ ।
अफगानिस्तानको प्लेइङ ११ :
हज्रातुल्लाह जजाई, मोहम्मद शाहजाद (विकेटकिपर), रहमानउल्लाह गुर्बाज, नाजिबुल्लाह जद्रान, मोहम्मद नाबी (कप्तान), गुलबदीन नाबी, राशिद खान, करिम जन्नत, नविन उलहक, मुजिब उर रहमान र हामिद हसन ।
न्युजिल्यान्डको प्लेइङ ११ :
केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, डेभन कन्वे, मार्टिन गुप्टिल, डर्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, मिचेल सान्टनर, टिम साउथी, ईस सोधी, एडम मिल्ने ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]