default_image

4 years ago

November 11, 2021

नेपाली क्रिकेट टोली बंगलादेशबाट बसमा स्वदेश फर्किने

278 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बंगलादेशको ढाकाबाट स्वदेश बस (सडकमार्ग) मार्फत फर्किने भएका छन् । कोरोना प्रोटोकल पालना नगर्दा बिहीबार बिहान ९ बजे काठमाडौं फर्किने उडान छुटेपछि नेपाली महिला क्रिकेट टोली बसमा स्वदेश फर्किने तयारी भई रहेको छ ।

महिला टोली आइसिसी टि२० विश्वकप एसिया छनोट अघि अभ्यासको लागि कात्तिक १८ मा बंगलादेश भ्रमणमा गएका थिए । बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकएसपि) सँग तीन टि२० सिरिज २–१ ले जितेको नेपाली महिला टोली शुक्रबार सम्म नेपाल आइपुग्नेछ । बंगलादेशको ढाकाबाट भारत हुँदै झापासम्म नेपाली महिला टोली बसमा आउने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले हाम्रो खेलकुदलाई जानकारी दिए ।

नेपाली महिला क्रिकेट टोलीको कोरोना प्रोटोकल पालना नगरेको कारण उडान छुटेको क्यानले जनाएको छ । नेपाली महिला क्रिकेट टोली कोरोना परिक्षण पिसिआर परिक्षण नगरि स्वदेश फर्किन लागेको कारण उडान छुट्न पुगेको हो । क्यानले यस घटनामा छानविन गरेर टिम व्यवस्थापनसँग स्पष्टिकरण सोध्ने जनाएको छ ।

बंगलादेशबाट नेपालको लागि अर्को उडान आइतबार मात्र छ । तर आइतबार नेपाली महिला टोलीले कतार भ्रमणको लागि टिकट काटि सकेको छ । त्यसैले आजनै बसबाट आउन लागेको प्रशान्तले जानकारी दिए । शुक्रबार खेलाडी झापा आइपुगेपछि काठमाडौं उडानमा आउनेछन् । एक दिनको विश्रामपछि आइतबार कतारसँग तीन टि२० आई सिरिजको लागि त्यसतर्फ लाग्नेछ ।

नेपाली टोलीले कार्तिक ३०, मंसिर १ र २ गते (नोभेम्बर १६, १७ र १८) मा कतारसँग तीन टि२० आई सिरिज खेल्नेछ । जुन नेपाली महिला टोलीले खेल्ने पहिलो टि२० आई सिरिज पनि हुनेछ । त्यसपछि नेपाली टोली मंसिर ३ मा युएईतर्फ लाग्ने कार्यक्रम छ।

टि२० विश्वकप एसिया छनोट मंसिर ६ देखि १२ सम्म (नोभेम्बर २२ देखि २८) सम्म हुनेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । पाँच क्षेत्रबाट ग्लोबल छनोटमा एक एक टोली पुग्नेछन् । २०२२ मा हुने ग्लोबल छनोटबाट शीर्ष दुई टोली २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला टि२० विश्वकपमा स्थान बनाउनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.