4 years ago
November 11, 2021
एजेन्सी – अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा पुगेको छ । दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक टि२० विश्वकपको फाइनलमा स्थान बनाएको छ । अष्ट्रेलियाले उपाधिको लागि आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा विकेटकिपर म्याथ्यु वेड १७ बलमा २ चौका र ४ छक्का सहित ४१ रनमा अविजित रहे । मार्कस स्टोइनिस ३१ बलमा २ चौका र २ छक्का सहित ४० रनमा अविजित रहे ।
अष्ट्रेलियालाई अन्तिम १२ बलमा २२ रन आवश्यक परेको थियो । १९ औं ओभरमा शाहिन शाह अफ्रिदीलाई म्याथ्यु वेडले अन्तिम तीन बलमा लगातार छक्का प्रहार गर्दै खेल जिताएका थिए ।
तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको तेस्रो बलमै ओपनर तथा कप्तान आरोन फिन्चलाई शून्यमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए । कप्तानलाई गोल्डेन डक गुमाएपनि वार्नरले आक्रामक इनिङका साथ अघि बढाएका थिए । शादब खानले सातौं ओभरको दोस्रो बलमा मिचेल मार्शलाई २८ रनमा आसिफ अलीबाट क्याच गराएका थिए ।

मार्शले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । शादबले स्टिभ स्मिथलाई ५ रनमा क्याच गराएपछि पाकिस्तान खेलमा फर्किएको थियो । ११ औं ओभरको पहिलो बलमा शादबलेनै वार्नरलाई ४९ रनमा मोहम्मद रिजवानबाट क्याच गराएपछि अष्ट्रेलिया समस्यामा परेको थियो । आक्रामक इनिङ खेलेका वार्नरले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे । शादबलेनै ग्लेन म्याक्सवेललाई ७ रनमा हरिस रौफबाट क्याच गराएपछि अष्ट्रेलिया १२.२ ओभरमा ९६–५ को अवस्थामा पुगेको थियो ।
तर छैटौं विकेटका लागि मार्कस स्टोइनिस र म्याथ्यु वेडले ४१ बलमा ८१ रनको अविजित साझेदारी गर्दै खेल जिताए । पाकिस्तानका स्पिनर शादब खानले ४ ओभरमा २६ रन खर्चेर प्रमुख ४ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । फखार जमान ३२ बलमा ३ चौका र ४ छक्का सहित ५५ रनमा अविजित रहे । रिजवानको यो टि२० करिअरको ११ औं अर्धशतक हो । योसँगै रिजवान एकै वर्षमा टि२० आई खेलमा १ हजार रन बनाउने विश्वकै पहिलो खेलाडी बने ।

पाकिस्तानका ओपनर बाबर आजम र मोहम्मद रिजवानले पहिलो विकेटका लागि १० ओभरमा ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर एडम जाम्पाको बलमा ठूलो सट खेलेका बाबर लङअनमा डेविड वार्नरबाट ३९ रनमा क्याच आउट भए । बाबरले ३४ बलमा ५ चौका प्रहार गरे । आसिफ अलि शून्य र शोएब मलिक १ रनमा आउट भए । अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर मिचेल स्टार्कले ४ ओभर ३८ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्सले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।
अष्ट्रेलिया दोस्रो पटक टि२० विश्वकपको फाइनलमा पुगेको हो । यसअघि अष्ट्रेलिया २०१० को फाइनलमा इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]