4 years ago
November 12, 2021
एजेन्सी – पाकिस्तान आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शनका साथ पाकिस्तानले अपराजित रहँदै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा ब्याटिङमा राम्रो प्रदर्शन गरेपनि बलिङ अपेक्षा अनुसार चल्न नसक्दा पराजित हुन पुगेको हो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । फखार जमान ३२ बलमा ३ चौका र ४ छक्का सहित ५५ रनमा अविजित रहे । पाकिस्तानका ओपनर बाबर आजम र मोहम्मद रिजवानले पहिलो विकेटका लागि १० ओभरमा ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा विकेटकिपर म्याथ्यु वेड १७ बलमा २ चौका र ४ छक्का सहित ४१ रनमा अविजित रहे । मार्कस स्टोइनिस ३१ बलमा २ चौका र २ छक्का सहित ४० रनमा अविजित रहे । अष्ट्रेलियालाई अन्तिम १२ बलमा २२ रन आवश्यक परेको थियो । १९ औं ओभरमा शाहिन शाह अफ्रिदीलाई म्याथ्यु वेडले अन्तिम तीन बलमा लगातार छक्का प्रहार गर्दै खेल जिताएका थिए ।

अन्तिम ४ ओभरमा कमजोर बलिङका साथ पाकिस्तान पराजित हुन पुगेको थियो । समूह चरणमा भारत र न्युजिल्यान्डलाई हराउँदै विजेताको रुपमा सेमिफाइनल खेलेको थियो । यूएईमा पाकिस्तान लगातार १६ खेलमा अपराजित थियो । तर अष्ट्रेलियासँग पराजित हुँदै दोस्रो पटक उपाधि जित्ने सपना पूरा गर्न सकेन । समग्रमा पाकिस्तानले अष्ट्रेलियासँग हार्नुका ५ कारण यस प्रकार छन् ।
५.टस हार्नु

यस विश्वकपमा टस निर्णायक रह्यो । टस जित्ने टोलीलेनै खेल जित्दै आएका छन् । पहिला ब्याटिङ गर्ने टोलीलाई जितको लागि कठिन छ । पाकिस्तानले खेल हार्नुको एक कारण टस हार्नु हो । किनभने पछि शीतको कारण बलिङ गर्ने टोलीलाई सहज हुँदै । पाकिस्तान मात्र होईन इंग्ल्यान्ड पनि न्युजिल्यान्डसँग टस हार्दै पराजित भएर बाहिरिएको थियो । समूह चरणमा भारतले पाकिस्तान र न्युजिल्यान्डसँग हारेको दुबै खेलमा टस पनि हारेको थियो । समूह चरणमा न्युजिल्यान्डले पाकिस्तानसँग टस हार्दै ५ विकेटले हारको थियो । अष्ट्रेलिया पनि इंग्ल्यान्डसँग टस हार्दै ८ विकेटले पराजित भएको थियो ।
४. मध्यक्रममा रनको गति बढाउन नसक्नु
पाकिस्तानले राम्रो सुरुवात पाएको थियो । तर ७ देखि १४ ओभरमा रनको गाति बढाउन सकेको थिएन । ओपनर बाबर आजम र मोहम्मद रिजवानले पहिलो पावर प्लेमा कुनै विकेट नगुमाउँदै ४७ रन बनाएका थिए । यो अवस्थामा पाकिस्तानले आक्रामक रनका साथ अष्ट्रेलियालाई थप दबाबमा राख्न सक्थ्यो ।

तर पाकिस्तानले ७ देखि १४ ओभर सम्म मात्र ५९ रन जोडेको थियो । अर्थात ४८ बलमा ५९ रन बनाउन सक्यो । पाकिस्तान आफ्नो विकेट बचाउनतर्फ ध्यान दिएको थियो । एक विकेट मात्र गुमाएको अवस्थामा खुलेर रन बनाउन सक्थ्यो । उक्त ४८ बलमा ७० माथि रन बनाउन सकेको भए विशाल योगफल बन सक्थ्यो । विशाल योगफल हुँदा ब्याटरलाई स्कोर बोर्डको पनि दबाब हुने गर्दछ । मध्यक्रममा रनको गति बढाउन नसक्नु पाकिस्तानको हारको करणमा पर्दछ ।
३.कुशल समयमा क्याच छुट्नु
क्रिकेटमा क्याच छाड्नु भने खेल हार्नु सरह हो । पाकिस्तानलाई अन्तिम १० बलमा २० रन चाहिँएको अवस्थामा हसन अलीले म्याथ्यु वेडको क्याच छाडेका थिए । जुन क्याच छाड्नुै खेलको हारको कारण बन्यो । १९ औं ओभरको तेस्रो बलमा म्याथ्यु वेडको क्याच ड्रप गरेका थिए । उक्त क्याच ड्रपले बलरको मात्र नभएर पूरै टिमको मनोबलमा गिरावट आउछ ।
ब्याटरको मनोबल उच्च हुन्छ । क्याच ड्रप भएपछि बाँकी तीन बल म्याथ्यु वेडले लगातार छक्का प्रहार गर्दै खेल जिताएका थिए । उक्त क्याच लिएको भए मोमेन्ट पुरै पाकिस्तानको पक्षमा फर्किन्थ्यो । नयाँ ब्याटरलाई सुरुमा खेल्न सहज पनि हुँदैन । म्याथ्यु पछि आउने अष्ट्रेलिया बलर हुँदा पाकिस्तान खेलमा हाबी पनि हुन सक्थ्यो । वेडको विकेट गुम्दा स्टोइनिसलाई पनि दबाब पर्दथ्यो । स्ट्राइक आफ्नो पक्षमा राख्ने दबाबले विकेट गुम्ने खतरा बढी हुन्थ्यो । तर त्यसो हुन सकेन ।
२. तीव्र गतिका बलरको कमजोर प्रदर्शन

पाकिस्तानको हारमा तीव्र गतिका बलरको कमजोर प्रदर्शन एक कारण रह्यो । पाकिस्तानले टस हारे पनि बोर्डमा राम्रो योगफल बनाएको थियो । उक्त योगफलमा पाकिस्तानले अष्ट्रेलियाले रोक्न सक्थ्यो । पाकिस्तानलाई जितको लागि सुरुवात र अन्त्यमा तीव्र गतिका बलरको प्रदर्शन महत्वपूर्ण हुन्थ्यो । पहिलो ओभरमै शाहिन शाह अफ्रिदीले विकेट लिँदै राम्रो सुरुवात पनि दिएका थिए । तर त्यसपछि तीव्र गतिका बलरको प्रदर्शन राम्रो हुन सकेन ।
मध्यक्रममा स्पिनर शादब खानले ४ ओभरमा २६ रन खर्चेर प्रमुख ४ विकेट लिँदै अष्ट्रोलियालाई दबाबमा राखेका थिए । तर अन्त्यमा तीव्र गतिका बलरले राम्रो प्रदर्शन गर्न सकेनन् । हसन अलीले ४ ओभरमा ४४ रन खर्चिए । हरिस रौफले ३ ओभरमा ३२ रन खर्चे । अफ्रिदीले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । तीन तीव्र गतिका बलरले १० ओभरमा १ सय ११ रन खर्चिदा १ विकेट लिएका थिए । हारको प्रमुख कारण यो एक थियो । तीन स्पिनरले ८ ओभरमा ६४ रन खर्चिदा ४ विकेट लिएका थिए । पाकिस्तानका तीव्र गतिका बलर नचल्नु हारको प्रमुख कारण रह्यो ।
१. स्टोइनिस र म्याथ्यु वेडको उत्कृष्ट ब्याटिङ

अष्ट्रेलियाको जितको श्रेय म्याथ्यु वेड र मार्कस स्टोइनिसलाई दिनुपर्छ । पाकिस्तान जितिसकेको खेल यी दुई ब्याटरले उत्कृष्ट प्रदर्शनका साथ टोलीलाई फाइनलमा पुर्याएका थिए । एक समय अष्ट्रेलिया १२.२ ओभरमा ९६–५ को कमजोर अवस्थामा थियो । वेड र स्टोइनिसपछि आउने बलर हुँदा पनि अष्ट्रेलिया जित कठिन मानिएको थियो । तर म्याथ्यु वेड र स्टोइनिसले उत्कृष्ट ब्याटिङ गर्दै जितको आधार तय गरे । छैटौं विकेटका लागि यी दुई ब्याटरले ४१ बलमा ८१ रनको उत्कृष्ट अविजित साझेदारी गरे । म्याथ्यु र वेडको विकेट लिन नसक्नुनै हारको प्रमुख कारण हो । यी दुई ब्यारटको विकेट लिन सकेको भए पाकिस्तान सहज जितका साथ फाइनलमा पुग्न सक्थ्यो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]