default_image

4 years ago

November 12, 2021

कोहलीलाई विश्राम

262 views

0 Bookmark

एजेन्सी – भारतले कप्तान विराट कोहलीलाई न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा विश्राम दिएको छ । कोहलीलाई पहिलो टेस्टमा विश्राम दिएपछि भारतको कप्तानी अजिंक्या रहाणेले गर्नेछन् । भारतले न्युजिल्यान्डसँग हुने दुई टेस्ट सिरिजको लागि शुक्रबार टोली घोषणा गरेको छ ।

घोषणा टोलीमा स्पिन अलराउन्डर जयन्त यादवले चार वर्षपछि भारतीय टेस्ट टोलीमा पूनरागमन गरेका छन् । ३१ वर्षिय स्पिन अलराउन्डर जयन्तले २०१६ मा इंग्ल्यान्डविरुद्ध टेस्टमा डेब्यू गरेका थिए । ४ टेस्ट खेलमा जयन्तले १ शतक सहित २ सय २८ रन बनाएका छन् । ११ विकेट पनि लिएका छन् । जयन्तले २०१७ मा अन्तिम खेल पुणेमा अष्ट्रेलियाविरुद्ध खेलेका थिए ।

तीव्र गतिका बलर प्रसिद्ध कृष्णा पनि भारतीय टेस्ट टोलीमा छन् । कृष्णाले भारतीय टेस्ट टोलीमा डेब्यू भने गरेका छैनन् । कृष्णाले भारतबाट ३ ओडिआईमा ६ विकेट लिएका छन् । भारतले प्रमुख तीव्र गतिका बलर जस्प्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी, ओपनर रोहित शर्मा र विकेटकिपर ऋषभ पन्तलाई विश्राम दिएको छ ।

न्युजिल्यान्ड र भारतबीच तीन टि२० आई र दुई टेस्ट खेलको सिरिज हुनेछ । पहिलो टि२० खेल १७ नोभेम्बर दोस्रो १९ नोभेम्बर र तेस्रो टि२० आई खेलमा २१ नोभेम्बरमा हुनेछ । पहिलो टेस्ट नोभेम्बर २५ देखि २९ सम्म नागपुर र दोस्रो टेस्ट डिसेम्बर ३ देखि ७ सम्म मुम्बईमा हुनेछ । भारतले यसअघिनै टि२० आई सिरिजको लागि रोहित शर्माको कप्तानीमा टोली घोषणा गरि सकेको छ । भारतले टि२० आईमा कोहली सहित प्रमुख खेलाडीलाई विश्राम दिएको छ ।

भारतको टेस्ट टोली : अजिक्या रहाणे (कप्तान), लोकेश राहुल, मयंक अग्रवाल, सुभमन गिल, श्रेयस ऐर, ऋद्धिमान शाह (विकेटकिपर), केएस भरत (विकेटकिपर), रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, अक्षर पटेल, जयन्त यादव, ईशान्त शर्मा, उमेश यादव, मोहम्मद शिराज, प्रसिद्ध कृष्णा, विराट कोहली (दोस्रो टेस्ट मात्र)

भारतको टि२० टोली : रोहित शर्मा, लोकेश राहुल (उपकप्तान), ऋतुराज गायकवाड, श्रेयस ऐर, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), वेंकटेश ऐर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चारह, हर्षल पटेल र मोहम्मद शिराज ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.