4 years ago
November 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ टि२० विश्व वरीयतामा नेपालले सुधार गरेको छ । शुक्रबार आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ । नेपालले टेस्ट टोली आयरल्यान्डसँगै टि२० विश्वकप २०२१ मा उत्कृष्ट प्रदर्शन गरेका स्कटल्यान्ड र नामिबियालाई पछि पारेको छ ।

नेपाल नयाँ वरीयतामा १२ औं स्थानमा छ । नेपालको १९ खेलमा ३ हजार ५ सय ५६ अंक र १ सय ८७ रेटिङ अंक छ । नेपाल भन्दा अघि जिम्बावे ११ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । आयरल्यान्ड १३ औं, स्कटल्यान्ड १४ औं, युएई १५ औं र नामिबिया १६ औं स्थानमा छन् । ओमान १७ औं, नेदरल्यान्ड्स १८ औं, पपुवा न्युगिनी १९ औं र सिंगापुर २० औं स्थानमा छन् ।
इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, अष्ट्रेलिया छैटौं, अफगानिस्तान सातौं, बंगलादेश आठौं र श्रीलंका नवौं स्थानमा छन् ।
नेपाल ओाडिआईमा भने १६ औं स्थानमा छ । ओडिआई वरीयता बलिङमा सन्दीप ७९ औं स्थानमा छन् । टि२० आई वरीयतामा कुशल भुर्तेल ५७ औं स्थानमा छन् । टि२० आई वरीयता बलिङ तर्फ सन्दीप ८८ औं स्थानमा छन् । नेपालले पछिल्लो पटक टि२० अन्तर्राष्ट्रिय खेल वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिज खेलेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]