4 years ago
November 13, 2021
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को छैटौं वार्षियक साधारण सभा सम्पन्न भएको छ । शनिबार बुटवलमा सम्पन्न साधारण सभाले पाल्पालाई यस वर्षको उत्कृष्ट जिल्ला सम्मान प्रदान गरेको छ ।

जिल्ला र प्रदेश प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा समर्थक समाजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट जिल्लाको सम्मान यस वर्ष जिल्ला समन्वय समिति पाल्पालाई प्रदान गरेको छ । आफ्ना सदस्य जिल्लाहरुमा सक्रियता र पछिल्लो एक वर्षको कामलाई आधार मानेर पाल्पाले उत्कृष्ट जिल्ला सम्मान पाएको हो । एनसिएसएसका समन्वय जिल्ला १० रहेका छन् । जसमा पाल्पा यस वर्ष उत्कृष्ट चुनिएको हो । अघिल्लो वर्ष यस सम्मान चितवनले पाएको थियो ।
साधारण सभाले कोरोनाले प्रभावित संस्थाको नियमित गतिविधिलाई निरन्तरता दिदै सदस्यता वृद्धि, जिल्ला समन्वय समितिको विस्तारमा जोड, नेपाल क्रिकेट संघ (क्यान) सरोकारवालाको हरेक गतिविधि चुस्त निगरानी गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाली क्रिकेट सरोकारवालासँग निरन्तर अन्तरक्रिया लगायत आफ्नो जिम्मेवारी र भूमिकालाई अझ सक्रिय रुपमा अघि बढाउने भएको छ । नयाँ जिल्ला विस्तारमा प्रयास गर्न परासी जिल्लाबाट रमेश चालिसेलाई जिल्ला प्रतिनिधिको जिम्मेवारी दिएको समेत जनाएको छ ।
एनसिएसएसका अध्यक्ष नारायण पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सदस्य तारा पाठकले संस्थाको गतिविधि तथा प्रगति र कोषाध्यक्ष अच्युत पान्डेयले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अतिथिद्वय अन्तर्राष्ट्रिय अम्पाएर बुद्धि बहादुर प्रधान र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।
चितवन, रुपन्देही, झापा, मोरङ, सुनसरी, कास्की, प्यूठान, अर्घाखाँची, पाल्पा र दाङ गरि १० जिल्ला समन्वय समिति छन् । नेपाली क्रिकेट विकासमा ठूलो योगदान पुर्याएको एनसिएसएसले सम्वन्धित निकायलाई लगातार गलत कामको विरुद्ध आवज उठाउँदै आएको छ । कमजोर आर्थिक अवस्था भएको खेलाडी र क्रिकेटमा योगदान दिएकालाई आर्थिक अभियान मार्फत सहयोग गर्दै आएको छ । नेपाली क्रिकेटमा एनसिएसएस उदाहरणीय संस्था (ग्रुप) र विश्वसनियको रुपमा स्थापित भएको छ । नेपाली क्रिकेट समर्थकको सर्वाधिक विश्वसनिय र लोकप्रिय ग्रुपको रुपमा एनसिएसएसछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]