default_image

4 years ago

November 14, 2021

टि२० विश्वकप फाइनल : उपाधिको लागि अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

218 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा आज अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेलुका ७ : ४५ मा सुरुहुनेछ । अष्ट्रेलिया र न्युजिल्यान्ड दुबै पहिलो पटक टि२० विश्वकप उपाधि जित्ने सोचमा छन् ।

सेमिफाइनलमा दुबै टोलीले बलिया तथा उपाधिका दाबेदार प्रतिद्धन्द्धीलाई स्तब्ध पार्दै फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक फाइनलमा पुगेको हो । न्युजिल्यान्ड पहिलो विश्वकप उपाधि जित्ने सोचमा छ । ओडिआईमा पाँच विश्वकप जितेको अष्ट्रेलिया टि२० विश्वकपमा पहिलो उपाधि हात पार्न चाहन्छ ।

अष्ट्रेलिया दोस्रो पटक टि२० विश्वकप फाइनल खेल्दैछ । सन् २०१० को टि२० विश्वकप फाइनलमा अष्ट्रेलिया इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड पहिलो फाइनलमै च्याम्पियन बन्ने सोचमा छ । न्युजिल्यान्ड सुपर १२ को समूह २ मा ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको थियो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेलेको थियो ।

अष्ट्रेलिया इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाउन भारत र अफगानिस्तान दुबैलाई समान ८ विकेटले हराएको थियो । अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेट र वेस्टइन्डिजलाई ८ विकेटले हराएको थियो ।अष्ट्रेलियामा च्याम्पियन टोलीको ट्याग छ । २०१५ को एकदिवसिय विश्वकप फाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै अष्ट्रेलया पाँचौं पटक च्याम्पियन बनेको थियो ।

न्युजिल्यान्ड त्यसको बदला लिन चाहन्छ । केन विलियम्सनको उत्कृष्ट कप्तानीमा न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । उत्कृष्ट कप्तानी, सन्तुलित टोली, टिम एकता, आक्रामण बलिङ र अनुशासन प्रदर्शन न्युजिल्यान्डको खुबी हो । उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामण र ब्याटिङ अष्ट्रेलियाको हतियार मानिन्छ ।

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल र डर्याल मिचेल दुबै राम्रो लयमा छन् । इंग्ल्यान्डलाई स्तब्ध पार्न मिचेलले फाइनलमा ७२ रनको अविजित इनिङ खेलेका थिए । समूह चरणमा भारतलाई हराउन ४९ रन जोडेका थिए । केन विलियम्सन न्युजिल्यान्डका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन टोलीको लागि निकै महत्वपूर्ण हुनेछ । डेभन कन्वे चोटका कारण फाइनल खेल्ने छैनन् । त्यसैले उनको स्थानमा विकेटकिपर टिम सिफर्ट खेल्नेछन् ।

मध्यक्रमका ब्याटर ग्लेन फिलिप्सलाई आफ्नो शैलीको खेल खेल्न आवश्यक देखिन्छ । उनी आफ्नो शैलीको खेल खेल्न सकेको खण्डमा टोलीलाई सहजै उपाधि दिलाउन सक्छन् । इंग्ल्यान्डविरुद्ध फाइनलमा नायक बनेका जिमी निशम अष्ट्रेलियालाई पनि घातक बन्न सक्छन् । निशमले अन्त्यतिर ३ छक्का प्रहार गर्दै फाइनलमा स्थान पक्का गराएका थिए । निशम फिनिसरमा माहिर छन् । तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, टिम साउथी र एडम मिल्ने बलिङ हतियार हुन् । स्पिनर ईश सोधी र मिचेल सान्टनार स्पिनर हतियार हुन् । न्युजिल्यान्डमा एक मात्र परिवर्तनको सम्भावना छ । कन्वेको स्थानमा सिफर्ट खेल्नेछन् ।

अष्ट्रेलिया प्रमुख ओपनर डेविड वार्नर लयमा फर्किएका छन् । जुन टोलीको सकरात्मक पक्ष हो । अपराजित पाकिस्तानलाई सेमिफाइनलमा हराउन वार्नरले आक्रामक ४९ रन जोडेका थिए । त्यसअघि समूह चरणमा वेस्टइन्डिजविरुद्ध ८९ रनमा अविजित थिए । उनले आक्रामक सुरुवात दिलाउदा मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई खेल्न सहज हुनेछ । कप्तान आरोन फिन्चले भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । मिचेल मार्श राम्रो लयमा छन् । पाकिस्तानलाई हराउन राम्रो सुरुवात दिएका थिए ।

ग्लेन म्याक्सवेलको कमजोर प्रदर्शनले भने अष्ट्रेलिया केहि चिन्तामा छ । म्याक्सवेलले आफ्नो शैलीको खेल खेल्न सकि रहेका छैनन् । उनीबाट आक्रामक ब्याटिङ चाहन्छ । पाकिस्तानविरुद्ध सुपर हिरो बनेका मार्कस स्टोइनिस र म्याथ्यु वेडको ब्याटिङले अष्ट्रेलियाको मनोबल उच्च छ । पाकिस्तानलाई हराउन स्टोइनिस ४० र वेड ४१ रनमा अविजित थिए । छैटौं विकेटका लागि ८१ रनको साझेदारी गरेपछि अष्ट्रेलिया फाइनलमा स्थान बनाएको थियो ।

तीव्र गतिका बलर प्याट कमिन्सबाट पनि तल्लोक्रममा ब्याटिङको आशा गर्न सकिन्छ । कमिन्स, जोश हेजलवुड र मिचेल स्टार्क तीव्र गतिका बलिङ आक्रामण हुन् । हेजलवुड न्युजिल्यान्डलाई घातक बन्न सक्छन् । स्पिनर एडम जाम्पा न्युजिल्यान्डका ब्याटरलाई घातक बन्न सक्छन् । यस विश्वकपमा जाम्पाको प्रदर्शन उत्कृष्ट छ । अष्ट्रेलियामा कुनै परिवर्तनको सम्भावना देखिदैन

हेड टु हेड :

टि२० विश्वकपमा न्युजिल्यान्ड र अष्ट्रेलियाबीच एक मात्र खेल भएको छ । २०१६ मा न्युजिल्यान्ड ८ रनले विजयी भएको थियो । टि२० आईमा कुल १४ खेल भएका छन् । जसमा अष्ट्रेलिया ९ र न्युजिल्यान्ड ५ खेलमा विजयी भएका छन् । गत मार्चमा भएको पाँच टि२० आई सिरिज न्युजिल्यान्डले ३–२ ले जितेको थियो । आइसिसीका खेलमा यी दुई टोलीबीच नकआउट खेलमा कुल १७ खेल भएका छन् । जसमा अष्ट्रेलिया १६ खेलमा विजयी भएको छ ।


फाइनल अघि दुबै कप्तानको भनाई

‘हामी दुबै टोलीलाई धेरै फाइदाहरु छैनन् । फाइनलमा हाम्रो छिमेकीलाई अर्को छेउबाट खेल्नु राम्रो छ । फाइनल साँच्चै रोमान्चक हुनेछ, केन विलियम्सन’, न्युजिल्यान्ड कप्तान ।

‘सबैले हामीलाई विश्वकप फाइनल खेल्छौं भनेर पत्ताएका थिएनन् । तर हामी फाइनल खेल्छौं भन्नेमा आत्माविश्वासी थियौ । हामीले राम्रो तयारी गरेका थियौं । प्रतियोगिता जित्न हाम्रो स्पष्ट योजना छ । विश्वकप जित्ने टोली पाएको महसुस पनि गरेका छौं, आरोन फिन्च”, अष्ट्रेलिया कप्तान ।

प्रत्यक्ष प्रसारण : नेपालमा विश्वकपको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सका च्यानलबाट हुनेछ ।

टस निर्णायक बन्न सक्छ

दुबईमा पहिला ब्याटिङ गर्ने टोलीले हार्ने सम्भावना उच्च हुन्छ । सेमिफाइनलमा पाकिस्तान र इंग्ल्यान्ड दुबै पहिला ब्याटिङ गर्दा हार्न पुगेका थिए । भारतले पनि पाकिस्तान र न्युजिल्यान्डसँग पहिला ब्याटिङ गर्दै हारेको थियो । दुबईमा भएका पछिल्ला १७ टि२० खेलमा १६ टोली विजयी लक्ष्य पछ्याउँदा मात्र विजयी भएका छन् । आइपिएल फाइनलमा चेन्नई मात्र पहिला ब्याटिङ गर्दा पराजित भएको थियो ।

न्युजिल्यान्डको टोली :

केन विलियम्सन (कप्तान), टोड एश्टल, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, मार्टिन गुप्टिल, काईल जेमिसन, ड्र्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, मिचेल सान्टनर, टिम सिफर्ट (विकेटकिपर), ईस सोधी, टिम साउथी र एडम मिल्ने ।

अष्ट्रेलिया टोली : 

आरोन फिन्च (कप्तान), एश्टन अगर, प्याट कमिन्स (उपकप्तान), जोश हेजलवुड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्ड्सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्विपसन, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.