default_image

4 years ago

November 14, 2021

न्युजिल्यान्डलाई पहिलो पटक विश्वकप च्याम्पियन बन्ने अवसर

205 views

0 Bookmark

एजेन्सी – पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । त्यस्तै उत्कृष्ट प्रदर्शनका साथ न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा अष्ट्रेलियासँग आज फाइनल खेल्दैछ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ : ४५ मा सुरु हुनेछ ।

न्युजिल्यान्डलाई पहिलो पटक विश्वकप उपाधि जित्ने सोचमा छ । हालसम्म न्युजिल्यान्डले कुनैपनि विश्वकप उपाधि जित्न सकेको छैन । टि२० मा न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । ओडिआईमा २०१५ र २०१९ मा लगातार फाइनल खेलेपनि उपाधि जित्न सकेको थिएन । यो पटक न्युजिल्यान्डलाई पहिलो पटक विश्वकप च्याम्पियन बन्ने अवसर छ । तर पाँच पटकको एकदिवसिय विश्वकप च्याम्पियन अष्ट्रेलियाविरुद्ध सहज भने हुने छैन ।

न्युजिल्यान्डले हालसम्म आइसिसी उपाधिको रुपमा टेस्ट च्याम्पियनसिप र च्याम्पियन्स ट्रफीको उपाधि मात्र जित्न सकेको छ । न्युजिल्यान्ड एकदिवसिय विश्वकप फाइनलमा २०१५ मा पहिलो पटक पुगेको थियो । तर अष्ट्रेलियासँगनै ७ विकेटले पराजित भएको थियो । कमजोर ब्याटिङका साथ १ सय ८३ रनमा अल आउट भएपछि उक्त लक्ष्य अष्ट्रेलियाले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । न्युजिल्यान्ड त्यसको बदला लिन चाहन्छ ।

न्युजिल्यान्ड यसअघि टि२० विश्वकपमा दुई पटक सम्म सेमिफाइनलमा सिमित भएको थियो । पहिलो संस्करण २००७ को टि२० विश्वकपमा न्युजिल्यान्डले सेमिफाइनल पाकिस्तानसँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो । त्यसपछि न्युजिल्यान्डले २०१६ मा भारतमा भएको विश्वकपमा सेमिफाइनलमा स्थान बनाएको थियो । २०१६ मा सुपर १० मा न्युजिल्यान्डले सानदार प्रदर्शनका साथ अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा इंग्ल्यान्डसँग ७ विकेटले पराजित हुँदै न्युजिल्यान्ड बाहिरिएको थियो ।

२०१९ को एकदिवसिय विश्वकप फाइनलमा न्युजिल्यान्ड इंग्ल्यान्डसँग बाउन्ड्री काउन्टको आधारमा पराजित भएको थियो । जितको लागि २ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ५० ओभरमा २ सय ४१ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । तर सुपर ओभरमा जितको लागि १६ रन बनाउनु पर्ने अवस्थामा १५ रननै बराएर बराबर भएपछि इंग्ल्यान्ड बढी चौका र छक्का प्रहार गरेको आधारमा विजयी भएको थियो ।

गत जुनमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै पहिलो पटक भएको टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो । टेस्ट च्याम्पियनसिप अघि न्युजिल्यान्डले २००० मा केन्यामा आयोजना भएको आइसिसी नक आउट (च्याम्पियन्स ट्रफी) को फाइनलमा भारतलाई ४ विकेटले हराउँदै न्युजिल्यान्डले पहिलो पटक आइसिसी उपाधि जितेको थियो । २००९ को च्याम्पियन्स ट्रफीको फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।

न्युजिल्यान्डले आइसिसीका पछिल्ला तीनै प्रतियोगिता फाइनल खेलेको छ । कागजी रुपमा खासै स्टार खेलाडी नभएपनि मैदानमा सर्वोत्कृष्ट प्रदर्शनका साथ फाइनलमा स्थान बनाएको छ । केन विलियम्सनको उत्कृष्ट कप्तानी, अनुशासन, कडा मिहिनेत र टिम एकताको कारण सर्वोत्कृष्ट प्रदर्शन गर्दै आएको छ । यता अष्ट्रेलिया विश्व च्याम्पियन टोली हो । दुई च्याम्पियन्स ट्रफी र पाँच विश्वकप उपाधि जितेको छ । अष्ट्रेलियाले १८८७, १९९९, २००३, २००७ र २०१५ मा एकदिवसिय विश्वकप उपाधि जितेको थियो । २००६ र २००९ को च्याम्पियन्स ट्रफी उपाधि जितेको थियो । ओडिआई क्रिकेटमा राज गरेपनि टि२० आईमा त्यति धेरै सफल हुन सकेको छैन ।

अष्ट्रेलिया दोस्रो पटक टि२० विश्वकप फाइनल खेल्दै छ । २०१० मा अष्ट्रेलिया इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । अष्ट्रेलिया पहिलो पटक टि२० च्याम्पियन बन्न चाहन्छ । पछिल्लो समय आफ्नो उत्कृष्ट प्रदर्शनका साथ फाइनलमा स्थान बनाएको हो । यी दुई देशको वातावरण पनि एकै छ । युएई फरक रहेपनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यी दुई छिमेकीबीचको भिड्न्त आज रोचक हुने अनुमान गरिएको छ । उपाधि जसले जितेपनि टि२० विश्वकपले आज नयाँ च्याम्पियन्स पाउनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.