4 years ago
November 14, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अष्ट्रेलिया कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छन् । न्युजिल्यान्डले आज टोलीमा एक परिवर्तन गरेको छ । मध्यक्रमका ब्याटर डेभन कन्वे चोटका कारण टोलीमा छैनन् । कन्वेको स्थानमा विकेटकिपर टिम सिफर्ट खेल्नेछन् । अष्ट्रेलियाले भने टोलीमा परिवर्तन गरेको छैन ।

अष्ट्रेलिया र न्युजिल्यान्ड दुबै पहिलो पटक टि२० विश्वकप उपाधि जित्ने सोचमा छन् । पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक फाइनलमा पुगेको हो । न्युजिल्यान्ड पहिलो विश्वकप उपाधि जित्ने सोचमा छ । ओडिआईमा पाँच विश्वकप जितेको अष्ट्रेलिया टि२० विश्वकपमा पहिलो उपाधि हात पार्न चाहन्छ ।
अष्ट्रेलिया दोस्रो पटक टि२० विश्वकप फाइनल खेल्दैछ । सन् २०१० को टि२० विश्वकप फाइनलमा अष्ट्रेलिया इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड पहिलो फाइनलमै च्याम्पियन बन्ने सोचमा छ । न्युजिल्यान्ड सुपर १२ को समूह २ मा ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको थियो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेलेको थियो ।
अष्ट्रेलिया इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाउन भारत र अफगानिस्तान दुबैलाई समान ८ विकेटले हराएको थियो । अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेट र वेस्टइन्डिजलाई ८ विकेटले हराएको थियो ।अष्ट्रेलियामा च्याम्पियन टोलीको ट्याग छ । २०१५ को एकदिवसिय विश्वकप फाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै अष्ट्रेलया पाँचौं पटक च्याम्पियन बनेको थियो ।
हेड टु हेड :
टि२० विश्वकपमा न्युजिल्यान्ड र अष्ट्रेलियाबीच एक मात्र खेल भएको छ । २०१६ मा न्युजिल्यान्ड ८ रनले विजयी भएको थियो । टि२० आईमा कुल १४ खेल भएका छन् । जसमा अष्ट्रेलिया ९ र न्युजिल्यान्ड ५ खेलमा विजयी भएका छन् । गत मार्चमा भएको पाँच टि२० आई सिरिज न्युजिल्यान्डले ३–२ ले जितेको थियो । आइसिसीका खेलमा यी दुई टोलीबीच नकआउट खेलमा कुल १७ खेल भएका छन् । जसमा अष्ट्रेलिया १६ खेलमा विजयी भएको छ ।
दुबईमा पहिला ब्याटिङ गर्ने टोलीले हार्ने सम्भावना उच्च हुन्छ । सेमिफाइनलमा पाकिस्तान र इंग्ल्यान्ड दुबै पहिला ब्याटिङ गर्दा हार्न पुगेका थिए । भारतले पनि पाकिस्तान र न्युजिल्यान्डसँग पहिला ब्याटिङ गर्दै हारेको थियो । दुबईमा भएका पछिल्ला १७ टि२० खेलमा १६ टोली विजयी लक्ष्य पछ्याउँदा मात्र विजयी भएका छन् । आइपिएल फाइनलमा चेन्नई मात्र पहिला ब्याटिङ गर्दा पराजित भएको थियो ।
न्युजिल्यान्डको प्लेइङ ११ :
केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्टिन गुप्टिल, ड्र्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, मिचेल सान्टनर, टिम सिफर्ट (विकेटकिपर), ईश सोधी, टिम साउथी र एडम मिल्ने ।
अष्ट्रेलिया प्लेइङ ११ :
आरोन फिन्च (कप्तान), प्याट कमिन्स, जोश हेजलवुड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]