4 years ago
November 15, 2021
एजेन्सी – अष्ट्रेलियाका ओपनर डेविड वार्नर आइसिसी टि२० विश्वकप २०२१ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । अष्ट्रेलियालाई पहिलो पटक टि२० विश्वकप उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका वार्नर प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका हुन् । आइतबार भएको फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक टि२० विश्वकपको उपाधि जितेको थियो ।

अष्ट्रेलियालाई उपाधि जिताउन वार्नरले ७ खेलमा ३ अर्धशतक सहित २ सय ८९ रन बनाएका थिए । १४६.७० को स्ट्राइक रेटमा वार्नरले ३२ चौका र १० छक्का प्रहार थिए । औसत ४८.१६ थियो । वार्नरले प्रतियोगिताभर कुल १ सय ९७ बल खेलेका थिए । फाइनलमा वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा आउट भएका थिए ।
वार्नरले सेमिफाइनलमा पाकिस्तानविरुद्ध ३० बलमा ३ चौका र ३ छक्का सहित ४९ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । समूह चरणमा वेस्टइन्डिज विरुद्ध ८९ र श्रीलंकाविरुद्ध ६५ रनको इनिङ खेलेका थिए । दक्षिण अफ्रिकाविरुद्ध १४, इंग्ल्यान्डसँग १ र बंगलादेशविरुद्ध १८ रनमा आउट भएका थिए ।
वार्नरपछि पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम सर्वोत्कृष्ट खेलाडीको दाबेदार थिए । बाबरले ६ खेलमा ४ मा अर्धशतक सहित कुल ३ सय ३ रन बनाएका छन् । औसत ६० को रहँदा स्ट्राइकरेट १२६.२५ कोछ । प्रतियोगिताभर कुल २ सय ४० बल खेलेका बाबरले २८ चौका र ५ छक्का प्रहार गरेका थिए । पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४८ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिए । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
अष्ट्रेलिया जितमा मिचेल मार्श ५० बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रनमा अविजित रहे । अर्का ओपनर डेविड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा बोल्ड आउट भए । ग्लेन म्याक्सवेल १८ बलमा ४ चौका र १ छक्का सहित २८ रनमा अविजित थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]