default_image

4 years ago

November 15, 2021

‘हाम्रो टोलीको प्रयास साँच्चै गर्व लायक छ’ – विलियम्सन

185 views

0 Bookmark


एजेन्सी – न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टि२० विश्वकप २०२१ को फाइनलमा पराजय पछि आफ्नो टोलीको प्रयास साँच्चै गर्व लागक रहेको बताएका छन् । आइतबार फाइनलमा अष्ट्रेलियासँग ८ विकेटले पराजित भएपछि विलियम्सनले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘हामीले राम्रो प्लेटफम प्राप्त गर्न प्रयास गर्दै थियौं । शतहले एक तह सामातेको थियो । तर दुबईमा सामान्य रह्यो’, विलियम्सनले भने । केहि राम्रो साझेदारी बन्दा र हामीले साचेको प्रतिस्पर्धात्मक लक्ष्य बनाउन पाउँदा खुशी लाग्यो । अष्ट्रेलियाले उत्कृष्ट रुपमा लक्ष्य पूरा गर्यो, उनले भने । त्यसैमा थपे ‘लक्ष्य पछ्याउने अष्ट्रेलियाको एक उत्कृष्ट पक्ष हो । हामीले सबै प्रयास गरेका थियौं । तर उनीहरुले वास्तवमा एक इन्चपनि मौका दिएनन् । प्रतियोगिताभर हाम्रो टोलीको प्रयास साच्चै गर्व लायक छ’,।

फाइनलमा विलियम्सनले ४८ बलमा १० चौका र ३ छक्का सहित ८५ रनको उत्कृष्ट कप्तानी इनिङ खेलेका थिए । उत्कृष्ट सटहरु खेलेपनि पर्याप्त नभएको विलियम्सन बताउँछन् । ‘विश्वकपमा राम्रो प्रदर्शन गर्न पाउँदा खुसी लाग्यो । अष्ट्रेलियालाई जितको श्रेय दिनुपर्छ । आगमी दिनमा यस प्रदर्शनले ठूलो आशा पनि छ । कहिल्यै राम्रो छैन । जित वा हार सम्भावित परिणाम हुन्’, विलियम्सनले भने ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४८ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिएका थिए । ओपनर मार्टिन गुप्टिल २८, डर्याल मिचेल ११, ग्लेन फिलिप्स १८ र जिमी निशमले १३ रनको योगदान दिएका थिए । अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।

जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ष्ट्रेलिया जितमा मिचेल मार्श ५० बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रनमा अविजित रहे । अर्का ओपनर डेविड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा बोल्ड आउट भए । ग्लेन म्याक्सवेल १८ बलमा ४ चौका र १ छक्का सहित २८ रनमा अविजित थिए ।

सुपर १२ को समूह २ मा रहेको न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो । न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । तर भारतलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो । स्कटल्यान्डलाई १६ रन, नामिबियालाई ५२ रन र अफगानिस्तानलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डलाई ५ विकेटले स्तब्ध पार्दै न्युजिल्यान्ड पहिलो पटक टि२० विश्वकपको फाइनलमा पुगेको थियो ।

न्युजिल्यान्डले अव भारतसँग तीन टि२० आई सिरिज र दुई टेस्ट सिरिज खेल्नेछ । पहिलो टि२० आई खेल १७ नोभेम्बरमा हुनेछ । अष्ट्रेलियाले विश्वकै प्रतिष्ठित एशेज सिरिजको तयारीमा लाग्नेछ । पहिलो टेस्ट खेल ८ डिसेम्बर देखि दी गाब्बा ब्रिसबेनमा सुरुहुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.