default_image

4 years ago

November 15, 2021

टि२० विश्वकपमा सर्वाधिक रन बनाउने पाँच खेलाडी

145 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को उपाधि अष्ट्रेलियाले जितेको छ । अष्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक टि२० उपाधि जितेको हो ।

यस विश्वकपमा सर्वाधिक विशाल योगफल अफगानिस्तानविरुद्ध भारतले २ सय १० रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जस बटलरले श्रीलंकाविरुद्ध १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । जुन यस विश्वकपमा बनेको एक मात्र शतक हो । सर्वाधिक रन पाकिस्तानका बाबर आजमले बनाए । सर्वाधिक छक्का बटलरले प्रहार गरे । प्रतियोगितामा २ सय माथि रन १० खेलाडीले बनाउन सके । सर्वाधिक रन बनाउनेमा शीर्ष १० मा भारतीय खेलाडी भने अट्न सकेनन् । टि२० विश्वकप २०२१ मा सर्वाधिक रन बनाउने ५ खेलाडी यस प्रकार छन् ।


१. बाबर आजम (पाकिस्तान)

पाकिस्तानलाई अपराजित रहँदै सेमिफाइनल सम्म पुर्याउन कप्तान बाबर आजमले उत्कृष्ट प्रदर्शन गरेका थिए । बाबरले ६ खेलमा ४ मा अर्धशतक सहित कुल ३ सय ३ रन बनाए । औसत ६० को रहँदा स्ट्राइकरेट १२६.२५ को रह्यो । प्रतियोगिताभर कुल २ सय ४० बल खेलेका बाबरले २८ चौका र ५ छक्का प्रहार गरेका थिए ।

सुपर १२ को समूह २ मा पहिलो खेलमा भारतलाई १० विकेटले हराउन बाबरले ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनको अविजित इनिङ खेलेका थिए । बाबर न्युजिल्यान्डसँग ९ रनमा आउट भएका थिए । तेस्रो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराउन बाबरले ४७ बलमा ५ चौका सहित ५१ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

तेस्रो खेलमा नामिबियाविरुद्ध बाबरले ४९ बलमा ७ चौका सहित ७० रनको इनिङ खेलेका थिए । स्कटल्यान्डविरुद्ध बाबरले ४७ बलमा ५ चौका र ३ छक्का सहित ६६ रनको इनिङ खेलेका थिए । सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध बाबरले ३४ बलमा ५ चौका सहित ३९ रन बनाउँदै आउट भएका थिए ।

२. डेविड वार्नर (अष्ट्रेलिया)

अष्ट्रेलियालाई पहिलो पटक टि२० विश्वकप उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका वार्नर प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । अष्ट्रेलियालाई उपाधि जिताउन वार्नरले ७ खेलमा ३ अर्धशतक सहित २ सय ८९ रन बनाएका थिए ।


१४६.७० को स्ट्राइक रेटमा वार्नरले ३२ चौका र १० छक्का प्रहार थिए । औसत ४८.१६ थियो । वार्नरले प्रतियोगिताभर कुल १ सय ९७ बल खेलेका थिए । फाइनलमा वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा आउट भएका थिए । वार्नरले सेमिफाइनलमा पाकिस्तानविरुद्ध ३० बलमा ३ चौका र ३ छक्का सहित ४९ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । समूह चरणमा वेस्टइन्डिज विरुद्ध ८९ र श्रीलंकाविरुद्ध ६५ रनको इनिङ खेलेका थिए । दक्षिण अफ्रिकाविरुद्ध १४, इंग्ल्यान्डसँग १ र बंगलादेशविरुद्ध १८ रनमा आउट भएका थिए ।

३. मोहम्मद रिजवान (पाकिस्तान)

पाकिस्तानका ओपनर मोहम्मद रिजवान ६ खेलमा ३ अर्धशतक सहित २ सय ८१ रन बनाउँदै तेस्रो स्थानमा रहे । रिजवानले १२७.७२ को स्ट्राइक रेट र ७०.२५ को औसतमा रन बनाएका छन् । कुल २ सय २० बल खेल्दा २३ चौका र १२ छक्का प्रहार गरे । प्रतियोगितामा सर्वाधिक छक्का प्रहार सूचिमा दोस्रो स्थानमा छन् ।

भारतलाई १० विकेटले हराउन रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनको अविजित इनिङ खेलेका थिए । न्युजिल्यान्डसँग ३४ बलमा ५ चौका सहित ३३ रनमा आउट भएका थिए । अफगानिस्तानसँग ८ रनमा आउट भएका थिए । नामिबियासँग रिजवानले ५० बलमा ८ चौका र ४ छक्का सहित ७९ रनमा अविजित रहँदै प्लेयर द म्याच चुनिएका थिए । स्कटल्यान्डसँग १५ रनमा आउट भएका थिए । अष्ट्रेलियाविरुद्ध सेमिफाइनलमा ५२ बलमा ३ चौका र ४ छक्का सहित ६७ रन जोडेपनि फाइनलमा पुर्याउन सकेनन् ।

४. जस बटलर (इंग्ल्यान्ड)

उपाधिको दाबेदार इंग्ल्यान्ड सेमिफाइनलबाट बाहिरिएपनि ओपनर जस बटलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । ६ खेलमा बटलरले २ सय ६९ रन बनाए । बटलरको स्ट्राइकरेट १५१.१२ रहँदा औसत ८९.६६ थियो । प्रतियोगिताभर १ सय ७८ बल खेलेका बटलरले २२ चौका र १३ छक्का प्रहार गरे ।

बटलर वेस्टइन्डिजसँग २४ रनमा रहँदा बंगलादेशसँग १८ रनमा आउट भएका थिए । अष्ट्रेलियाविरुद्ध ३२ बलमा ५ चौका र ५ छक्का सहित ७१ रनमा अविजित थिए । श्रीलंकाविरुद्ध ६७ बलमा ६ चौका र ६ छक्का सहित १ सय १ रनको उत्कृष्ट शतकीय इनिङको साथ प्लेयर अफ द म्याच चुनिएका थिए । दक्षिण अफ्रिकाविरुद्ध २६ र न्युजिल्यान्डविरुद्ध २९ रनमा आउट भए ।

५. चारिथ असलंका (श्रीलंका)

श्रीलंकाका शीर्षक्रमका ब्याटर चारिथ असलंका सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा शीर्ष पाँचमा रहे । असलंकाले ६ खेलमा २ अर्धशतक सहित २ सय ३१ रन बनाएका थिए । प्रतियोगिताभर कुल १ सय ५७ बल खेलेका उनको स्ट्राइकरेट १४७.१३ रह्यो । उनले २३ चौका र ९ छक्का प्रहार गरे ।

श्रीलंकाले बंगलादेशलाई ५ विकेटले हराउन असलंकाले ४९ बलमा ५ चौका र ५ छक्का सहित ८० रनको अविजित इनिङ खेलेका थिए । अष्ट्रेलियासँग ३५, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २१–२१ रनमा आउट भएका थिए । श्रीलंकाले अन्तिम खेलमा वेस्टइन्डिजलाई २० रनले हराउँदा असलंका प्लेयर अफद म्याच चुनिएका थिए । असलंकाले ४१ बलमा ८ चौका र १ छक्का सहित ६८ रनको इनिङ खेलेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.