default_image

4 years ago

December 6, 2021

जयराम र कुमार अग्रतामा

240 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जयराम श्रेष्ठ र कुमार कामी सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन संयुक्त अग्रतामा छन् ।

काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लबमा सोमबार सुरु भएको प्रतियोगिताको पहिलो दिन जयराम र कुमारले ६ अन्डर ६२ को स्कोर जोडे । तेस्रो स्थानमा रहेका नेपाल नम्बर १ भुवन नगरकोटी र भुवन कुमार रोक्का ५ अन्डर ६३ अंक जोडेका छन् । त्यस्तै पाँचौ स्थानमा ४ अन्डर ६४ अंक जोडेका रवी खड्का छन् ।

त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबका धनबहादुर थापा र संजय लामा १ अन्डर ६७ अंकसहित संयुक्त छैटौं स्थानमा रहेका छन् । आठौं स्थानमा कृष्णमान राजवाहक, दीनेश प्रजापति र रमेश अधिकारीले इभन पार ६८ स्कोर जोडेका छन् । एमेच्योरतर्फ शीर्ष स्थानमा रहेका १३ औं सागका स्वर्ण विजेता सुभाष तामाङ पनि इभन पार ६८ स्कोरमा छन् ।

कुमारले फ्रन्ट र ब्याक नाइन दुवैमा ३ अन्डर ३१ को स्कोर जोडे । उनले पहिलो, चौथो, पाँचौ, दशौं, ११ औं र १२ औं होलमा बर्डी प्रहार गरेका थिए । त्यस्तै जयरामले पहिलो होलमा इगल तथा तेस्रो र सातौँमा बर्डी प्रहार गर्दा नवौं होलमा बोगी खेपे । ब्याक नाइनको ११ औं, १३ औं र १६ औं होलमा बर्डीसहित उनले ६ अन्डर ६२ को स्कोर बनाए ।

कुल ५५ गल्फर सहभागी प्रतियोगितामा ४० व्यावसायिक र १५ एमेच्योर गल्फर सहभागी छन् । दोस्रो दिनको खेलपछि २१ व्यावसायिक र ६ एमेच्योर गल्फरले अन्तिम दुई चरणमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ४० हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले ७४ हजार तथा तेस्रोले ६० हजार रुपैयाँ पाउनेछन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.