default_image

4 years ago

December 7, 2021

काठमाडौं ओपनमा भुवनलाई अग्रता

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल काठमाडौं ओपन अन्तर्गत दोस्रो दिन नेपाल नम्बर १ भुवन नगरकोटीले अग्रता लिएका छन् । मंगलबार रोयल नेपाल गल्फ क्लबमा १ अन्डर ६७ सहित समग्रमा ६ अन्डर १ सय ३० अंकका साथ भुवनले १ स्ट्रोकको अग्रता लिएका हुन् ।

सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन सोमबार ५ अन्डर ६३ को स्कोर बनाएका भुवनले दोस्रो दिन फ्रन्ट नाइनमा १ ओभर ३५ खेलेपनि ब्याक नाइनमा प्रदर्शन सुधार्दै २ अन्डर ३२ स्कोर जोडे । दोस्रो स्थानमा रहेका रवि खड्काले समग्रमा ५ अन्डर १ सय ३१ स्कोर बनाएका छन् । पहिलो दिन ४ अन्डर ६४ स्कोर जोडेका उनले दोस्रो दिन १ अन्डर ६७ स्कोर बनाए ।

भुवनले फ्रन्ट नाइनको नवौं होलमा बोगी खेपेपनि ब्याक नाइनमा ३ बर्डी प्रहार गरे । १३ औं, १७ औं र अन्तिम होलमा बर्डी लेखाएका उनले १५ औं होलमा भने बोगी खेपेका थिए । रविले पहिलो होलमा बर्डीसहित सुरुवात गर्दै ब्याक नाइनको १४ औं र १८ औंमा बर्डी तथा दशौं र १६ औं होलमा बोगी खेपेका थिए ।

दोस्रो दिन सहभागी गल्फरमध्य सर्वोत्कृष्ट प्रदर्शन गर्दै एमेच्योर सुभाष तामाङ तेस्रो स्थानमा उक्लिएका छन् । पहिलो दिन इभन पार ६८ खेलेका उनले मंगलबार ४ अन्डर ६४ को स्कोर लेखाए । सुभाषले फ्रन्ट नाइनमा ३ अन्डर ३१ तथा ब्याक नांमा १ अन्डर ३४ सहित समग्रमा ४ अन्डर १ सय ३२ स्कोर बनाएका छन् । उनीसँगै पहिलो दिन अग्रतामा रहेका जयराम श्रेष्ठले पनि ४ अन्डर १ सय ३२ स्कोर जोडेका छन् । पहिलो दिन ६ अन्डर ६२ स्कोर जोडेका जयरामले दोस्रो दिन २ ओभर ७० स्कोर बनाए ।

पहिलो दिन अग्रतामा रहेका अर्का गल्फर कुमार कामीसँगै दिनेश प्रजापति र संजय लामा २ अन्डर १ सय ३४ अंकसहित संयुक्त चौथो स्थानमा छन् । कुमारले मंगलबार ४ ओभर ७२ को बिर्सनलायक प्रदर्शन गरे । संजयले २ अन्डर ६६ तथा दिनेशले पहिलो दिनकै १ अन्डर ६७ स्कोर दोहोर्याए ।

समग्रमा दोस्रो दिनको खेलपछि २१ व्यावसायिक र ६ एमेच्योर गल्फर अर्को चरणमा प्रवेश गरेका छन् । त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबका धनबहादुर थापा (१३६), धरानका शुक्रबहादुर राई (१३७) र भुवन कुमार रोक्का (१३८) शीर्ष १० मा पर्न सफल रहे ।

व्यावसायिक गल्फरहरु रमेश अधिकारी, कृष्णमान राजवाहक, राजेन्द्र श्रेष्ठ प्रधान, रामे मगर, सुर्यप्रसाद शर्मा, भीमसेन चौलागाईं, निरज तामाङ, प्रदीप कुमार लामा, विनोद तामाङ, कमल थापा, तिर्थ पौडेल र वसन्त गुरुङ कट पार गर्न सफल रहे । एमेच्योरतर्फ सुभाषसँगै निश्चय जंग रायमाझी, मिथुन राई, सुरेश तामाङ, महेन्द्र फगामी र विदुर तामाङ अघि बढेका छन् ।

कुल ५५ गल्फर सहभागी प्रतियोगितामा ४० व्यावसायिक र १५ एमेच्योर गल्फर सहभागी छन् । प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ४० हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले ७४ हजार तथा तेस्रोले ६० हजार रुपैयाँ पाउनेछन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.