4 years ago
December 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – व्यावसायिक गल्फर जयराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्दै करिअरकै पहिलो उपाधि जितेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा विहीबार जयरामले नेपाल नम्बर १ भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पार्दै उपाधिसहित १ लाख १० हजार रुपैयाँ हात पारे । करिअरको १४ औं सिजन खेलिरहेका जयरामले अन्तिम दिन ४ अन्डर ६४ सहित समग्रमा ९ अन्डर २ सय ६३ स्कोर जोडे । भुवनले अन्तिम दिन २ अन्डर ६६ स्कोर जोड्दै समग्रमा ७ अन्डर २ सय ६५ अंक जोड्दै ७४ हजार रुपैयाँ प्राप्त गरे ।
तेस्रो स्थान हासिल गरेका भुवन नगरकोटीले इभन पार ६८ सहित समग्रमा ५ अन्डर २ सय ६७ स्कोर बनाए । उनले ६० हजार रुपैयाँ जिते । उपाधिका दाबेदार मानिएका रवि खड्कासँगै संयुक्त चौथो स्थानमा कुमार कामी र भुवन कुमार रोक्का रहे । सबैले समग्रमा ३ अन्डर २ सय ६९ स्कोरसहित जनही ४२ हजार रुपैयाँ हात पारे ।

अघिल्लो दिन २ स्ट्रोकले अग्रतामा रहेका रवि खड्काले चौथो दिन ४ ओभर ७२ को बिर्सनलायक प्रदर्शन गरे । सुरुवाती तीन होल बर्डी प्रहार गरेका उनले पाँचौ होलमा त्रिपल बोगी खेपेका थिए । रविले फ्रन्ट नाइनमा १ ओभर ३५ तथा ब्याक नाइनमा ३ ओभर ३७ अंक बनाए ।
एमेच्योरतर्फ १३ औं सागका स्वर्ण पदक विजेता सुभाष तामाङले उपाधि जिते । उनले समग्रमा २ अन्डर २ सय ७० स्कोर जोडे । अन्तिम दिन उनले इभन पार ६८ स्कोर लेखाएका थिए । एमेच्योरको उपविजेता निश्चय जंग रायमाझी भए । उनले १९ ओभर २ सय ९३ स्कोर बनाए ।

कुल ५५ गल्फर सहभागी प्रतियोगितामा ४० व्यावसायिक र १५ एमेच्योर गल्फर सहभागी थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ४० हजार रुपैयाँ रहेको थियो । विजेता गल्फरहरुलाई सुर्य नेपालका उपाध्यक्ष दिप्रा लहिरी, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचन्ड बहादुर श्रेष्ठ र प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]