3 years ago
December 28, 2021
धरान (हाम्रो खेलकुद) – स्थानीय प्रो शुक्रबहादुर राईले सुर्य नेपाल इस्टर्न ओपन २०२१ को दोस्रो दिन अग्रता लिएका छन् । धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन शुक्रले समग्रमा रवी खड्कालाई १ स्ट्रोकले पछि पारेका हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता समेत रहेका शुक्रले दोस्रो दिन ३ अन्डर ६७ को स्कोरसहित समग्रमा २ अन्डर १ सय ३८ स्कोर जोडे । फ्रन्ट नाइनमा ३ अन्डर ३३ स्कोर जोडेका उनले ब्याक नाइनमा इभन पार ३४ स्कोर लेखाए । उनले तेस्रो, छैटौं र नवौं होलमा बर्डी लेखाएका थिए । ब्याक नाइनको १२ औं र १६ औं होलमा बर्डी लेखाएका उनले १४ औं र १७ औं होलमा बोगी खेपेका थिए ।
दोस्रो स्थानका रवी खड्काले १ अन्डर १ सय ३९ स्कोर बनाएका छन् । रवीले दोस्रो दिनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ४ अन्डर ६६ को स्कोर लेखाए । उनले पहिलो दिन ३ ओभर ७३ खेलेका थिए । पहिलो दिन अग्रतामा रहेका निरज तामाङले दोस्रो दिन ४ अन्डर ७४ को स्कोर जोड्दै समग्रमा तेस्रो भए । उनले समग्रमा १ ओभर १ सय १४१ स्कोर जोडेका छन् ।
समग्रमा २ ओभर १ सय ४२ स्कोरसहित बलभद्र राई र धनबहादुर थापा संयुक्त चौथो स्थानमा छन् । छैटौं स्थानमा ४ ओभर १ सय ४४ स्कोर जोडेका सुर्य प्रसाद शर्मा रहेका छन् । संयुक्त सातौँ स्थानमा ६ ओभर १ सय ४६ स्कोरसाथ संजय लामा र सविन सापकोटा छन् । नवौं स्थानमा ७ ओभर १ सय ४७ स्कोर जोडेका टंकबहादुर कार्की तथा संयुक्त दशौं स्थानमा नेपाल नम्बर १ भुवन नगरकोटी र भुवन कुमार रोक्काले ९ ओभर १ सय ४९ स्कोर जोडेका छन् ।
एमेच्योरतर्फ १३ औं सागका दोहोरो स्वर्ण विजेता सुभाष तामाङ अग्रतामा छन् । उनले १ अन्डर ६९ को स्कोर जोड्दै समग्रमा ६ ओभर १ सय ४६ स्कोर जोडेका छन् । उनलाई ७ ओभर १ सय ४७ स्कोरसहित स्थानीय गल्फर जितेन्द्र राई र युवराज भुजेलले पछ्याएका छन् । एमेच्योरतर्फ यी तीनसँगै जीवन राई, सद्भाव आचार्य र बुद्धिमान सुनुवारले कट बनाए ।
समग्रमा १५ ओभर १ सय ५५ वा सोभन्दा कम स्कोर बनाएका २२ व्यावसायिक र ६ एमेच्योर खेलाडीले अन्तिम दिनको लागि कट बनाएका छन् । कट बनाउनेमा व्यावसायिक खेलाडी दीनेश प्रजापति (१५१), भीमसेन चौलागाईं, कृष्णमान राजवाहक (१५२), रामे मगर, प्रदीपकुमार लामा (१५३), विनोद तामाङ (१५४), संजोक मोक्तान, जयराम श्रेष्ठ, रमेश अधिकारी, दीपक मगर र शिवराम पौडेल (१५५) छन् ।
प्रतियोगिताको विजेताले एक लाख ३५ हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ८८ हजार र ६५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ७५ हजार रुपैयाँ रहेको छ । कट बनाउने सम्पूर्ण व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम दिन व्यावसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]