4 years ago
December 29, 2021
धरान (हाम्रो खेलकुद) – धरानकै स्थानीय प्रो शुक्रबहादुर राईले सुर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन् । उनले उपाधिसहित १ लाख ३५ हजार रुपैयाँ जिते ।

धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन शुक्रले १ ओभर ७१ स्कोर जोड्दै समग्रमा ५ स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन् । शुक्रले समग्रमा १ अन्डर २ सय ९ स्कोर जोड्दै एमेच्योर सुभाष तामाङलाई पछि पारे । शुक्रले अन्तिम दिन फ्रन्ट नाइनमा इभन पार ३६ तथा ब्याक नाइनमा १ ओभर ३५ स्कोर जोडे ।
सुभाषले अन्तिम दिन २ अन्डर ६८ को प्रदर्शन गर्दै एमेच्योरतर्फ पहिलो र समग्रमा दोस्रो स्थान हासिल गरे । उनले समग्रमा ४ ओभर २ सय १४ स्कोर बनाए । सुभाषले अन्तिम दिन फ्रन्ट नाइनमा २ अन्डर ३४ तथा ब्याक नाइनमा इभन पार ३४ को प्रदर्शन गरे । एमेच्योरतर्फ दोस्रो स्थान युवराज भुजेल (२२३) र तेस्रो स्थान सद्भाव आचार्य (२२७) ले हासिल गरे ।

व्यावसायिकतर्फ दोस्रो स्थानमा धरानकै बलभद्र (मणि) राई रहे । उनले समग्रमा ७ ओभर २ सय १७ स्कोरका साथ ८८ हजार रुपैयाँ जिते । तेस्रो स्थानमा ९ ओभर २ सय १९ स्कोर जोडेका निरज तामाङले ६५ हजार रुपैयाँ हात पारे । चौथो स्थानमा संजय लामाले १० ओभर २ सय २० स्कोरसाथ ५३ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
संयुक्त पाँचौ स्थानमा रवी खड्का र सविन सापकोटा (२२१) ले जनही ४२ हजार ५ सय रुपैयाँ पाए । सातौं स्थान हासिल गरेका जयराम श्रेष्ठले ३६ हजार रुपैयाँ पाए । सिजनको पहिलो इभेन्ट सुर्य नेपाल काठमाडौं ओपन जितेका उनले अन्तिम दिन २ अन्डर ६८ को स्कोरका साथ समग्रमा १३ ओभर २ सय २३ स्कोर जोडे । त्योभन्दा १ स्ट्रोक बढी खेलेका टंकबहादुर कार्की, भुवन कुमार रोक्का, भुवन नगरकोटी र दिनेश प्रजापतिले जनही ३० हजार रुपैयाँ पाए ।

सुरुवाती दुई दिनमा ३६ होलको खेलपछि २२ व्यावसायिक र ६ एमेच्योर खेलाडीले अन्तिम दिनको लागि कट बनाएका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ७५ हजार रुपैयाँ रहेको थियो । विजेता खेलाडीलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, नेपाल पुलिसका एआइजी हरी पाल, सुर्य नेपालका सहायक ब्राण्ड म्यानेजर नविन सरोज र धरान गल्फ क्लबका अध्यक्ष विरेन्द्र विक्रम लिम्बुले पुरस्कृत गरे ।
कट बनाउने शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिता अन्तर्गत शुक्रबार व्यावसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]