4 years ago
December 30, 2021
धरान (हाम्रो खेलकुद) – सुर्य नेपाल इस्टर्न ओपन अन्तर्गत अन्तिम दिन प्रो एममा धरानका स्थानीय एमेच्योरले वर्चस्व जमाएका छन् ।

त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबका व्यावसायिक गल्फर धनबहादुर थापासहित एमेच्योर पेम्बा शेर्पा तथा स्थानीय धरान गल्फ क्लबका रुपेन्द्र गुरुङ र जितेन्द्र राईले कुल १ सय ५२ स्कोरसहित उपाधि जिते । धनबहादुरले ३७ अंक जोड्दा पेम्बाले ४१, रुपेन्द्रले ३७ तथा जितेन्द्रले ३७ अंक जोडे । धरानकै व्यावसायिक गल्फर निरज तामाङ (३७), एमेच्योर भिम दाहाल (३६), तुलसी सुब्बा (३६) र राम तामाङ (३६) ले कुल १ सय ४५ अंकसहित दोस्रो स्थान हासिल गरे ।
तेस्रो स्थानमा स्थानीय प्रो शुक्रबहादुर राई (३४) संगै भरत तामाङ (३६), काजी लिम्बु (३६) र विनोद राई (३६) कुल १ सय ४२ अंकसहित रहे । महिलातर्फ तारा कार्की चित्रकारले ३५ अंक जोड्दै उपाधि जितिन् । लंगेस्ट ड्राइभको उपाधि संगम केसीले प्राप्त गर्दा क्लोजेस्ट टु द पिन राम तामाङले जिते ।
प्रतियोगितामा १४ व्यावसायिक र ५७ एमेच्योरसहित कुल ७१ खेलाडी सहभागी रहेको थियो । विजेताहरुलाई प्रदेश नम्बर १ का सभामुख प्रदीप कुमार भण्डारी, धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारी सुवेदी, नेपाल प्रहरीका एआईजी हरी पाल, सुर्य नेपालका सहायक ब्राण्ड म्यानेजर नविन सरोज, धरान गल्फ क्लबका अध्यक्ष विरेन्द्र विक्रम लिम्बुले पुरस्कृत गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]