default_image

4 years ago

January 14, 2022

शुक्रलाई लगातार दोस्रो उपाधि

363 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रो शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१-२२ मा लगातार दोस्रो उपाधि जितेका छन् । धरान गल्फ क्लबका प्रो शुक्रले शुक्रबार सुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्दै १ लाख ३० हजार रुपैयाँ हात पारे ।

गोकर्ण गल्फ क्लबमा सम्पन्न सिजनको तेस्रो प्रतियोगिता शुक्रले शुक्रबार अन्तिम दिन १ ओभर ७३ स्कोरसहित कुल १० अन्डर २ सय ७८ स्कोर जोड्दै शुक्रले उपाधि जितेका हुन् । उनले दोस्रो स्थानका रवि खड्कालाई १ स्ट्रोकले पछि पारे । रविले अन्तिम दिन ४ अन्डर ६८ स्कोर जोडेपनि उपाधि जित्नबाट बन्चित भए । रविले ८८ हजार रुपैयाँमा चित्त बुझाए ।

तेस्रो स्थानमा स्थानीय प्रो भुवन नगरकोटीले अन्तिम दिन इभन पार ७२ सहित कुल ६ अन्डर २ सय ८२ स्कोर बनाए । उनले ६५ हजार रुपैयाँ प्राप्त गरे । एमेच्योरतर्फ १३ औं सागका दोहोरो स्वर्ण विजेता सुभाष तामाङले कुल ४ अन्डर २ सय ८४ अंकसहित उपाधि जिते । उनी समग्रमा चौथो स्थानमा रहे । यत्सु सद्भाव आचार्यले ५ ओभर २ सय ९३ स्कोरका साथ एमेच्योरतर्फ उपविजेता बने ।

प्रतियोगितामा ३९ व्यावसायिक र १९ एमेच्योर गल्फरको सहभागिता रहेको थियो । कुल ७ लाख ७५ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा दोस्रो चरणमा स्थान बनाउने २१ व्यावसायिक गल्फरले नगद पुरस्कार जिते । विजेतालाई सुर्य नेपाल प्रालिका सहायक ब्रान्ड म्यानेजर नविन सरोज र पिजिए नेपालका सल्लाहकार घनश्याम थापाले पुरस्कृत गरे ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.