4 years ago
February 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका व्यावसायिक गल्फर शुक्रबहादुर राई भारतको व्यावसायिक गल्फ टुर पीजीटिआईको सिजन २०२२ खेल्नका लागि छनोट भएका छन् । अहमदाबादमा शुक्रबार सम्पन्न छनोट चरणमा शीर्ष ४० भित्र पर्दै उनले फुल कार्ड प्राप्त गरेका हुन् ।

शुक्रले अब भारतको व्यावसायिक टुरको हरेक प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । शुक्रले समग्रमा ४ ओभर २ सय ९२ स्कोरसहित १३ औं स्थानमा रहेर छनोट चरण पार गरे । अहमदाबादस्थित काल्हार ब्लुज एन्ड ग्रिन्स गल्फ क्लबमा सुरुवाती तीन दिन औसत प्रदर्शन गरेका उनले चौथो दिन भने उत्कृष्ट प्रदर्शन गरे । उनले शुक्रबार ४ अन्डर ६८ स्कोरसहित फुल कार्ड पक्का गरेका हुन् ।
पहिलो दिन ४ ओभर ७६ स्कोर खेलेका शुक्रले दोस्रो दिन ३ ओभर ७५ र तेस्रो दिन १ ओभर ७३ स्कोर बनाएका थिए । अन्तिम दिनको स्कोरबाट शुक्रले २३ स्थान सुधार गरेका थिए । अब शुक्रले भारतको व्यावसायिक टुरमा प्रतिस्पर्धा गर्न पाउनेछन् । उनी छनोट प्रतियोगितामा सहभागी विदेशी खेलाडीमध्य प्रथम स्थानमा रहेका थिए । शुक्रसँगै बंगलादेशका दुई र अमेरिकी एक गल्फरले पनि फुल कार्ड प्राप्त गरे ।

शुक्रले प्रतियोगितामा छनोट हुन पाउँदा खुसी व्यक्त गरे । ‘छनोट हुने लक्ष्यका साथ खेल्न आएको थिएँ । सुरुवाती चरणमा केहि कठिनाई भएपनि सुधार गर्दै लगें । पहिलो दुई दिनमा कट पार गरेपछि मनोबल पनि बढ्दै गयो । कोर्ष पनि बुझ्न थालेपछि अन्तिम दिन फुल कार्डको लागि ढुक्कसँग खेल्न सकें,’ शुक्रले अहमदाबादबाट भने ।
उनले यस सिजन सम्भव भएसम्म सबै प्रतियोगिता खेल्ने लक्ष्य राखेका छन् । ‘अब यहाँबाट दुई प्रतियोगिता खेलेर मात्र फर्कन्छु । अब यसै साता गुजरात ओपन खेलेपछि अर्को पनि खेल्नेछु । आशा छ राम्रो प्रदर्शन हुनेछ । सकेसम्म सबै इभेन्ट भ्याउने योजना छ,’ धरान गल्फ क्लबका उत्पादन शुक्रले भने ।
१३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता शुक्रले एमेच्योर रहँदा नै सुर्य नेपाल गल्फ टुरका दुई उपाधि जितेका थिए । शुक्रले दुई महिनाअघि घरेलु कोर्षमा सम्पन्न सुर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]