default_image

2 years ago

March 6, 2022

पुष्पा र दुर्गाबहादुरलाई धरान रनको उपाधि

धरान (हाम्रो खेलकुद)– एपिएफकी पुष्पा भण्डारी र जुम्लाका दुर्गाबहादुर बुढाले शनिबार दसौं धरान रन नेवा च्यारिटी १० किलोमिट दौडको उपाधि जितेका छन् । पुष्पाले ३५ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै धरान रनमा नयाँ कीर्तिमान राखेकी हुन् । धरान रनमा पुष्पाले एपिएफकै कान्छीमाया कोजुको नाममा रहेको कीर्तिमानलाई भंग गरेकी हुन् । कान्छीयामाले सातौं संस्करणमा ४१ […]

118 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)– एपिएफकी पुष्पा भण्डारी र जुम्लाका दुर्गाबहादुर बुढाले शनिबार दसौं धरान रन नेवा च्यारिटी १० किलोमिट दौडको उपाधि जितेका छन् । पुष्पाले ३५ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै धरान रनमा नयाँ कीर्तिमान राखेकी हुन् ।

धरान रनमा पुष्पाले एपिएफकै कान्छीमाया कोजुको नाममा रहेको कीर्तिमानलाई भंग गरेकी हुन् । कान्छीयामाले सातौं संस्करणमा ४१ मिनेट १४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । शनिबार धरानमा भएको १० किलोमिटर दौडमा दुर्गाबहादुरले ३१ मिनेट ३ सकेण्डमा पूरा उपाधि जितेका थिए ।

भारतीय सेनामा कार्यरत दुर्गाबहादुर कर्णाली स्पोटस् क्लबमा हरिबहादुर रोकायासँग प्रशिक्षण गर्छन् । बाग्लुङका अनिश थापाले ३१ मिनेट ४ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरे । उनी पनि भारतीय सेनामा कार्यरत छन् । काठमाडौँका मुकेश पलले ३१ मिनेट २० सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरे ।
धरान रन महिलातर्फ एपीएफकै फुलमती रानाले रजत पदक जितेकी छन् । उनले निर्धारित दूरी ३८ मिनेट ४० सेकेन्डमा पूरा गरिन् । त्यसैगरी बेलायतकी हना हकारसले ४१.१४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कास्य पदक हात पारेकी छन् । पुरुष र महिला दुवैका विजेताले ६० हजार, दोस्रोले ५० हजार र तेस्रोले ३० हजार रुपैयाँ प्राप्त गरे ।

यू १६ उमेर समुहमा पुरुषतर्फ प्रशान्त तामाङ प्रथम, रोधन राई दोस्रो र सरोज सिंह तेस्रो भए । महिलातर्फ पेमा तामाङ प्रथम, कुशुम राई दोस्रो र जस्मिता राई तेस्रो भइन् । यू १२ उमेर समुहमा पुरुषतर्फ सविन चेम्जोङ प्रथम, ज्वाला राई दोस्रो र तयाहाङ राई तेस्रो भए । सोही समूहको महिलातर्फ इशिका थापा मगर प्रथम, युमिना राई दोस्रो र अञ्जली राई तेस्रो भइन् ।

सुपर भेट्रानतर्फ धरानका इन्द्रबहादुर लिम्बु प्रथम र दार्जिलिङका पवनदास प्रधान दोस्रो भएका थिए । यू १६,यू १२, भेट्रानका विजेताले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा झण्डै ४ हजारले भाग लिएको बताइएको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

कञ्चन टर्किस एयरलाइन्स विश्व गल्फ कप फाइनलको लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद)- कञ्चन बस्न्यातले टर्किस एयरलाइन्स विश्व गल्फ कप काठमाडौं छनोटको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा आइतबार ४२ स्टेबलफोर्ड अंक सहित उपाधि जित्दै उनले टर्किस एयरलाइन्स विश्व गल्फ कप फाइनलमा स्थान सुरक्षित गरे। सो प्रतियोगिता आगामी डिसेम्बरमा टर्कीको अन्टालियास्थित ग्लोरिया होटल एण्ड रिसोर्टमा हुनेछ। जहाँ कञ्चनले नेपालको प्रतिनिधित्व गर्नेछन्। टासी छिरिङ ४० अंक […]

May 5, 2024

काभ्रेमा अर्को महिना थ्री बाइ थ्री बास्केटबल हुने

काभ्रे (हाम्रो खेलकुद) – काभ्रे बास्केटबल संघको आयोजनामा अर्को महिना प्रथम अल नेपाल काभ्रे थ्री बाइ थ्री बास्केटबल हुने भएको छ । प्रतियोगितामा महिला र पुरुषतर्फको प्रतिस्पर्धा हुने काभ्रे बास्केटबल संघले जनाएको छ । काठमाडौं विश्वविद्यालयको बास्केटबल कोर्टमा जेठ २६ गते हुने प्रतियोगिताको दुवैतर्फको विजेताले २५ हजार र दोस्रो टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् […]

Success

Thank you for your time.