4 years ago
March 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ व्यावसायिक गल्फर भुवन नगरकोटीसँगै शीर्ष वरीयताका खेलाडी सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत चौथो इभेत्न सुर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा पहिलो दिन मंगलबार भुवनले १८ औं वरीयताका सचिन भट्टराईलाई ६/४ ले पराजित गरे । ४ होल बाँकी रहँदा ६ अंकले अघि उनी पहिलो दिनको सर्वाधिक अंक हासिल गर्ने खेलाडी बने । भुवनले बुधबार हुने क्वाटरफाइनलमा नवौं वरीयताका दिनेश प्रजापतिसँग खेल्नेछन् । दिनेशले दशौं वरीयताका सुर्यप्रसाद शर्मालाई ३/२ स्कोरले हराएका थिए ।
पछिल्लो पटक सम्पन्न पूर्ण सिजनको वरीयतालाई आधार मान्दै शीर्ष १६ गल्फरले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । त्यस सिजनका दोस्रो वरीयताका शिवराम श्रेष्ठ र १४ औं वरीयताका दीपक आचार्यको स्थानमा १७ औं वरीयताका शिवकुमार माझी र १८ औं वरीयताका सचिन भट्टराईले प्रतिस्पर्धा गर्दैछन् । सचिनसँगै शिव पनि प्रतियोगिताबाट बाहिरिसकेका छन् । शिवलाई तेस्रो वरीयताका विकास अधिकारीले ५/४ स्कोरले पराजित गरे ।
चौथो वरीयताका संजय लामाले १५ औं वरीयताका रामकृष्ण श्रेष्ठलाई ५/४ स्कोरले हराए । पाँचौ वरीयताका धनबहादुर थापाले १३ औं वरीयताका बलभद्र राई तथा छैटौं वरीयताका रामे मगरले भुवन कुमार रोक्कालाई अन्तिम होलमा पराजित गरे । जयराम श्रेष्ठले कृष्णमान राजवाहकलाई ५/४ ले पराजित गर्दा दीपक मगरले रवी खड्कालाई १८ होलमा रोक्दै दोस्रो एक्स्ट्रा होलमा स्तब्ध पारे ।
बुधबार ४ क्वाटरफाइनल र सेमिफाइनल खेल हुनेछ । तेस्रो स्थान र फाइनल खेल विहीबार हुनेछ । फाइनल खेल ३६ होल तथा बाँकी सबै १८ होलको खेल हुनेछ ।
नेपाल व्यावसायिक गल्फर संघले सुर्य नेपाल प्रालिको आयोजनामा गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ । विजेताले ५० हजार प्राप्त गर्दा शीर्ष ४ ले क्रमश: ३०, २२ र १८ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पराजित हुनेले १० हजार र पहिलो चरणमा बाहिरिनेले ५ हजार पाउनेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]