4 years ago
March 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत चौथो इभेन्ट सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जितेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा बिहीबार ३६ होलमा खेलिएको फाइनलमा नेपाल नम्बर १ भुवनले चौथो वरीयताका संजय लामालाई ३/२ ले पराजित गरे । सुरुवाती ९ होलको खेलमा २ खेल अघि रहेका संजय १८ होलपछि १ खेल अघि थिए । भुवनले २७ होलपछि पहिलो पटक १ होलको अग्रता लिएका थिए भने ३० होलको समाप्तिमा तीन होलको अग्रता बनाए । दुवै गल्फरले अर्को चार होल बराबरी खेलेपछि भुवनले दुई होल बाँकी रहँदा जित पक्का गरे ।
भुवनको यो करियरको आठौं र सूर्य नेपाल गल्फ टुर २०२१–२२ को पहिलो उपाधि हो । ट्रफीसँगै भुवनले ५० हजार रुपैयाँ प्राप्त गरे । उपविजेता संजयले ३० हजार रुपैयाँ हात पारे । पाँचौ वरियताका धनबहादुर थापाले तेस्रो स्थानका विकास अधिकारीलाई २ होलको अग्रतामा पराजित गर्दै तेस्रो स्थान हासिल गरे । धनले २२ हजार र विकासले १८ हजार प्राप्त गरे ।
क्वाटरफाइनलमा पराजित दिनेश प्रजापति, रामे मगर, जयराम श्रेष्ठ र दीपक मगरले जनही १० हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी पहिलो राउण्डमा हारेका आठ खेलाडी सचिनप्रसाद भट्टराई, सूर्यप्रसाद शर्मा, बल भद्र राई, भुवनकुमार रोक्का, कृष्णमान राजबाहक, रवि खड्का र शिवकुमार माझीले ५–५ हजार रुपैयाँ प्राप्त गरे ।
पछिल्लो पटक पूर्ण सिजन खेलिएको सूर्य नेपाल गल्फ टुर २०१८–१९ सिजनका शीर्ष १६ व्यावसायिक गल्फरहरूले प्रतियोगितामा सहभागीता जनाएका थिए । दोस्रो वरियताका शिवराम श्रेष्ठ र १४औं वरियताका दीपक आचार्यले प्रतियोगितामा भाग नलिएपछि १७औं वरियताका शिवकुमार माझी र १८औं वरियताका सचिन भट्टराईले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताका विजेताहरुलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दिप्रा लाहिरी र आरएनजीसीका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल पीजीएले आयोजना गरेको प्रतियोगितामा कुल पुरस्कार राशी दुई लाख रुपैयाँ रहेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]