default_image

3 years ago

May 4, 2022

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले तेस्रो टि२० अभ्यास खेलमा आज जिम्बावे ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आज टोलीमा कुनै परिवर्तन गरेको छैन । दोस्रो खेलको टोलीलाई नै निरन्तरता दिएको छ । नेपाल भने जितका साथ सिरिज बराबरी गर्ने सोचका साथ मैदान उत्रनेछ । दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो । पहिलो खेलमा जिम्बावे ए ६ विकेटले विजयी भएको थियो ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछान (कप्तान), आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा र बसिर अहमद ।

December 12, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ सुरु

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीवार सुरु भएको छ । पहिलो दिन पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिस बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला ४५ केजीमुनि एपिएफकी रिना माझी, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

लारा भोलि नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल‌ आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]

Success

Thank you for your time.