default_image

9 years ago

December 13, 2016

एक्सपो चेसमा नेपाल तेश्रो

179 views

0 Bookmark

संसारका बालबालिकाको लागि एक्सपो चेसमा नेपाललाई तेश्रो स्थान प्राप्त भएको छ । विश्वका पा“च महादेशका आठ राष्ट्र सहभागी प्रतियोगितामा एशियाबाट नेपालको सहभागीता रहेको एक्सपो चेसका नेपाल संयोजक उमेश केसीले बताए । संसारका बालबालिकाहरुलाई चेस खेलको माध्यमबाट अन्य देशको भाषा तथा संस्कृतिका विषयमा समेत ज्ञान आर्जन गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालबाट ११ जना बालबालिकाको सहभागीता रहेको थियो ।

chess

अनलाईन प्रविधिबाट सञ्चालन भएको प्रतियोगिताको प्रत्येक चरणमा ४ जना खेल्ने, ४ जनाले विद्युतीय उपकरणमा सहयोग पुर्‍याउने  तथा ३ जना प्रत्यक्ष कुराकानीमा सहभागी भएका थिए । संसारभर एउटै समयमा प्रतियोगिता सञ्चालन भएको थियो ।

सात चरणमा सम्पन्न प्रतियोगितामा स्पेन १० म्याच प्वाईन्टका साथ पहिलो स्थानमा रह्यो भने पेरु ९ म्याच प्वाईन्टका साथ दोश्रो स्थानमा रह्यो । ८ म्याच प्वाईन्ट बटुल्दै तेश्रो भएको नेपालले २ मा जित, ४ मा बराबरी तथा १ खेलमा हार बेहोरेको थियो । नेपालले चिलिलाई ०.५ अंकका विरुद्ध ३.५ अंकले पराजित गर्‍यो  भने हंगेरीलाई ३–१ ले हरायो । त्यसैगरी पेरु, युगाण्डा, मेक्सिको तथा अमेरिकास“ग २–२ अंकका साथ बराबरीको नतिजा आत्मसात गर्‍यो  ।

उता विजेता टोली स्पेनस“ग ०.५ का विरुद्ध ३.५ अंकको हार व्यहोर्न पुग्यो । स्पेनी स्वयंसेवी संस्था एक्सपोचेसको आयोजनामा भएको कार्यक्रममा चित्रकला तर्फ समेत नेपालका बालबालिका सहभागी भएका थिए । चित्रकलामा हंगेरीका प्याट्रिसिया नेजी पहिलो भएका थिए ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.