3 years ago
July 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको निर्वाचन आउदो भदौ २२ गते काठमाडौंमा हुने भएको छ ।

संघको बिहीबार भक्तपुरमा बसेको आठौं पुर्ण बैठकले निर्वाचनसहितको नवौं साधारणसभा भदौ २२ गते गर्ने निर्णय गरेको हो । संघको निर्वाचनका लागि १३३ जना मताधिकार प्राप्त सदस्य छन् । केन्द्रीय निर्वाचनमा ७७ जिल्लाका प्रतिनिधि, ७ प्रदेश, राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक तथा रेफ्री गरी १ सय ३३ जनाले मत दिनेछन् ।
अहिलेसम्म संघको अध्यक्षका लागि एक जनाबाट मात्र दावेदारी घोषणा भएको छ । हाल कार्यसमितिमा उपाध्यक्ष रहेकी निरोज मास्केले गत वर्ष नै अध्यक्षको लागि दावेदारी घोषणा गरेकी थिइन् । कोरोना महामारी र त्यसपछि खेलकुद ऐनको कारण संघको निर्वाचन हुन सकेको थिएन ।
३९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ७ सचिव, कोषाध्यक्ष र १० सदस्य गरी २५ जना निर्वाचित हुनेछन् । बाँकी १४ मध्ये १३ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । १ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् ।
निर्वाचनमा १ सय ३६ जना मतदाता रहनेपनि यसपल्ट भने १३३ जनाले मात्र मतदान गर्न पाउनेछन् । भलिबल संघको केन्द्रीय निर्वाचनका लागि ७७ वटै जिल्लाबाट १–१ मताधिकार रहने व्यवस्था छ । सात प्रदेशबाट २–२ का दरले १४ मत हुनेछ । हालको केन्द्रीय कार्यसमितिबाट ३९ जना रहेपनि तीन जना राखेपका कर्मचारी रहेकाले मत आल्न पाउनेछैनन् ।
रेफ्री कमिसनबाट १ र राष्ट्रिय टिम (पुरुष र महिला)का कप्तान र तीन सिभिल क्लब (ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र, न्यू डायमण्ड स्पोर्टस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र)ले संघको निर्वाचनमा मताधिकार पाएका छन् । भलिबल संघको निर्वाचनमा अहिलेसम्म वर्तमान उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]