default_image

2 years ago

July 27, 2022

साफ यू२० : नेपालद्वारा पहिलो खेलकै सुरुवाती ११ लाई निरन्तरता

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२० फुटबल टोलीले साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज श्रीलंकासँग खेल्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुँदैछ ।

प्रतियोगितामा तीन खेल सकिँदा आज दिनको दोस्रो खेल हुँदैछ । आज भएको पहिलो खेलमा बंगलादेशले साविक विजेता भारतलाई पराजित गरेको थियो । यसले नेपाललाई फाइनल पुग्ने समिकरण थप सहज भएको छ । आजको खेलमा श्रीलंकालाई हराएर अर्को खेलमा भारतलाई बराबरीमा रोकेपनि नेपाल फाइनल पुग्ने लगभग पक्का हुनेछ ।

आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० को भारी गोल अन्तरले हराएर सुखद् सुरुवात गरेको नेपाल लगातार दोस्रो जितको लक्ष्यमा मैदान उत्रनेछ । माल्दिभ्सविरुद्ध उच्च प्रदर्शन गरेको नेपाल श्रीलंकाविरुद्ध पनि सोही प्रदर्शनलाई निरन्तरता दिँदै लगातार जितको खोजीमा हुनेछ । फाइनल यात्रालाई थप सहज बनाउन पनि नेपाललाई श्रीलंकाविरुद्ध जित आवश्यक छ ।

आजको खेलमा नेपालले पुरानै टोलीलाई निरन्तरता दिएको छ । टोलीसँग सिनियर राष्ट्रिय टोलीबाट अनुभव बटुलिसकेका मिडफिल्डर तथा टोलीका कप्तान आयुष घलानको साथ रहेको छ । आयुषसँगै अग्रपङ्तिमा सुगम सुवालले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दिपेश गुरुङ, कृतिश रत्न छुन्जु, सुमित श्रेष्ठ र आशिष राईले मिडफिल्डमा प्रभाव जमाएका थिए । अजय चौधरी, अमर श्रेष्ठ, अभिषेक वाइवा, सन्दीप कार्कीसँगै गोलरक्षक ईश्वर गुरुङले टोलीमा स्थान बनाउने देखिन्छ । मनग्य नकर्मीले बेन्चबाट आएर पछिल्लो खेलमा गोल गरेका थिए ।

नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले श्रीलंकाविरुद्धको खेलको लागि टोली तयार रहेको बताए । ‘हामी च्याम्पियनसिपको लागि सम्पूर्ण तयारी पूरा गरेर नै यहाँ आएका छौं । पहिलो जितले टोलीको मनोवल बढेको छ । बंगलादेश र श्रीलंकाबीचको खेल पनि हेर्न पायौं,’ प्रशिक्षक केसीले भने, ‘श्रीलंकाविरुद्धको खेलका लागि त्यही अनुसारको प्रशिक्षण गरेका छौं । श्रीलंकाविरुद्धको खेलमा नेपालको थप सुन्दर खेल तपाईहरुले हेर्न पाउनुहुनेछ ।’

श्रीलंकाविरुद्ध सुरुवाती ११ : इश्वर गुरुङ (गोलरक्षक), अजय चौधरी, अमर श्रेष्ठ, अभिषेक वाइबा, सन्दीप कार्की, दीपेश गुरुङ, कृतिश रत्न छुन्जु, आशिष राई, सुमित श्रेष्ठ, सुगम सुवाल, आयुष घलान (कप्तान)

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

Success

Thank you for your time.