3 years ago
August 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अटेरी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई मात्र होइन नेपाली खेलकुदका कुनै पनि निकायलाई उनले टेर्दैनन् ।
कुवेती अल्मुताइरीसँगै जोडिएका विवादमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले र एन्फाले अलग अलग छानविन समिति गठन भएको थियो । दुवै छानविनको प्रतिवेदनमा अल्मुताइरीलाई दोषी देखाएका थिए । तर, छानविनको प्रतिवेदनमा जे उल्लेख भएपनि उनी आफ्नो तरिका छाड्दैनन् ।
यसपटक फेरि अल्मुताइरीले एन्फाले टेरेनन् । गत साता एन्फा महासचिव किरण राईले एन्फाले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा अल्मुताइरीको जवाफ मागेका थिए। श्रोतका अनुसार राईको कुनै पनि विषयलाई सम्बोधन नगरि अल्मुताइरीले उल्टो मैत्रीपूर्ण खेलका लागि २६ खेलाडी बोलाउन एन्फालाई आग्रह गरेर इमेल पठाएको एन्फा श्रोतले जानकारी दियो ।
‘छानविन समितिले दिएको प्रतिवदेनमा अल्मुताइरीलाई पनि दोषी देखाएको छ । त्यसका आधारमा उनको पक्ष राख्नका लागि महासचिव ज्यूले पत्र पठाउनु भएको थियो,’ श्रोतले भन्यो,‘ सोधेको विषयमा उनले केहि लेखेका छैनन् । उल्टो एन्फालाई खेलाडीलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा डाक्न र प्रशिक्षणका लागि आवश्यक तयार गर्न आग्रह गरेका छन् । यो त सरासर अटेर गरेको हो नि ।’
छानविन समितिको प्रतिवदेनका आधारमा महासचिव राईलाई प्रक्रिया अघि बढाउन एन्फाले जिम्मेवारी दिएको थियो । ‘त्यसकै आधारमा महासचिवले अल्मुताइरीलाई पत्राचार गर्नुभएको थियो । आवश्यकता अनुसार निर्णय लिन पनि भनिएको थियो ,’ श्रोतले थप्यो,‘ अल्मुताइरीले झन् अटेर गर्दै जान थालेको देखिन्छ । सोधेको प्रश्नको जवाफ दिएका छैनन् । यो एन्फाकै अपमान हो । अब एन्फाको बिहीबार बस्ने एन्फा कार्यसमितिको बैठकमा अल्मुताइरीका विषयमा पनि छलफल हुनेछ ।’
वैशाखमा अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानविन गर्न एन्फाले ३ सदस्यीय समिति गठन गरेको थियो । सेनाका पूर्व उपरथी समेत रहेका पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा रहेको समितिमा पूर्व फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा थिए ।
त्यो समितिले १० दिन दिन लगाएर २८ पृष्ठको प्रतिवेदन बुझाएको थियो । जसमा अल्मुताइरीको कमजारी समेत औल्याउँदै समितिले ४ वटा बुँदामा सुझाव दिएको थियो । त्यसमा एसियन कप छनोट प्रतियोगिता पछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो । कुवेतमा एसियन कप छनोट खेलेपछि ३ महिनाको विदामा अल्मुताइरी उतै बस्दै आएका छन् ।
अलमुताइरीले मन्त्रालयको निर्देशनमा गठित समितिको सिफारिसलाई पनि लत्ताएका थिए । गत वर्ष दुई पत्रकार र एन्फाका वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङसँग विवाद बढेपछि राखेपले छानविन समितिले बनाएको थियो ।
विगतमा युवा तथा खेलकुद मन्त्रालयले गरेको छानबिनमा मुख्य प्रशिक्षकलाई संचार माध्यममा अनावश्यक टिकाटिप्पणी नगर्न सचेत गराएको अवस्थामा हालमा पनि उनले बारम्बार प्रचार प्रसार र संचार माध्यममा अमर्यादित र आचार संहिता विपरित टिकाटिप्पणी गरी बादविवाद निम्त्याई रहेको हुंदा यस्ता गतिविधि नगर्न पुनः सचेत गर्न सिफारिस गरिन्छ,’ एन्फाद्वारा गठिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठिन छानविन समितिले अलमुताइरीका बारेमा निकालेको निष्कर्ष र सुझाव यस्तो छ ।
(१) मुख्य प्रशिक्षकले एन्फा सचिवालयको मातहतमा रही कार्य नगरी एक्लौटी र स्वेच्छाचारी रुपमा कार्य गर्ने प्रवृत्ति बढ्दै गएको हुंदा चेन अफ कमान्ड अनुसार कार्य गर्न निर्देशित गर्न सिफारिस गरिन्छ ।
(२) उहांको मुख्य जिम्मेवारी खेलाडी छनौट, प्रशिक्षण र मूल्यांकन गर्नु रहेकोमा अन्य व्यवस्थापन सम्बन्धी कार्यमा समेत हस्तक्षेप गर्ने प्रवृत्तिलाई सच्याउन सिफारिस गरिन्छ ।
(३) एकै पटक ९ जना खेलाडी क्याम्प छाडेर जानुमा मुख्य प्रशिक्षक, व्यवस्थापक तथा एन्फा सचिवालयको पनि अवश्य केही त्रुटी छन् । मुख्य प्रशिक्षकको स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणको लागि विदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद, तथा सामाजिक संजालमा अनावश्यक टिकाटिप्पणी जस्ता कृयाकलापले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको देखिन्छ । यस्तो अवस्थामा भविष्यमा अरु समस्या उब्जने प्रवल संभावनालाई समेत नकार्न सकिदैन । तसर्थः एसिया कप छनौट प्रतियोगिता पछि कतार एफ. ए. संगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ ।
(४) विगतमा युवा तथा खेलकुद मन्त्रालयले गरेको छानबिनमा मुख्य प्रशिक्षकलाई संचार माध्यममा अनावश्यक टिकाटिप्पणी नगर्न सचेत गराएको अवस्थामा हालमा पनि उनले बारम्बार प्रचार प्रसार र संचार माध्यममा अमर्यादित र आचार संहिता विपरित टिकाटिप्पणी गरी बादविवाद निम्त्याई रहेको हुंदा यस्ता गतिविधि नगर्न पुनः सचेत गर्न सिफारिस गरिन्छ ।
**यस समाचारको नयाँ अपडेट यसप्रकार छ : **
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]