default_image

3 years ago

August 9, 2022

अलमुताइरीसम्म पुगेन एन्फाको पत्र, आज पुन: पठाइयो

334 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई अखिल नेपाल फुटबल संग (एन्फा) ले गत साता नै पठाएको भनिएको पत्र उनीसम्म नपुगेको जानकारीमा आएको छ ।

प्रशिक्षक अलमुताइरीलाई गत साता नै एन्फा महासचिव किरण राईले एन्फाले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा अलमुताइरीको जवाफ मागेका थिए । तर अलमुताइरीले केही दिन अघि एन्फालाई उक्त विषयबारे कुनै सम्बोधन नगरि उल्टो मैत्रीपूर्ण खेलका लागि २६ खेलाडी बोलाउन एन्फालाई आग्रह गरेर इमेल पठाएका थिए ।

एन्फा महासचिव राईका अनुसार अलमुताइरीले पछिल्लो पत्र नै नपाएको थाहा भएपछि आज नै पत्र पुन: पठाइएको छ । ‘हामीले गत साता नै प्रतिवेदन अनुसार उनको जवाफ मागेका थियौं । तर उनले हामीलाई पठाएको इमेलमा त्यसबारे कुनै कुरा उल्लेख गरिएको थिएन,’ राईले भने, ‘बुझ्दाखेरि हामीले पठाएको पत्र उनीसम्म नपुगेको थाहा पायौं । त्यसैले आज फेरी पठाएका छौं ।’

वैशाखमा अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानविन गर्न एन्फाले ३ सदस्यीय समिति गठन गरेको थियो । सेनाका पूर्व उपरथी समेत रहेका पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा रहेको समितिमा पूर्व फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा थिए ।

त्यो समितिले १० दिन दिन लगाएर २८ पृष्ठको प्रतिवेदन बुझाएको थियो । जसमा अल्मुताइरीको कमजारी समेत औल्याउँदै समितिले ४ वटा बुँदामा सुझाव दिएको थियो । त्यसमा एसियन कप छनोट प्रतियोगिता पछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो । कुवेतमा एसियन कप छनोट खेलेपछि ३ महिनाको विदामा अल्मुताइरी उतै बस्दै आएका छन् ।

अलमुताइरीले मन्त्रालयको निर्देशनमा गठित समितिको सिफारिसलाई पनि लत्ताएका थिए । गत वर्ष दुई पत्रकार र एन्फाका वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङसँग विवाद बढेपछि राखेपले छानविन समितिले बनाएको थियो ।

‘विगतमा युवा तथा खेलकुद मन्त्रालयले गरेको छानबिनमा मुख्य प्रशिक्षकलाई संचार माध्यममा अनावश्यक टिकाटिप्पणी नगर्न सचेत गराएको अवस्थामा हालमा पनि उनले बारम्बार प्रचार प्रसार र संचार माध्यममा अमर्यादित र आचार संहिता विपरित टिकाटिप्पणी गरी बादविवाद निम्त्याई रहेको हुंदा यस्ता गतिविधि नगर्न पुनः सचेत गर्न सिफारिस गरिन्छ,’ एन्फाद्वारा गठिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठिन छानविन समितिले अलमुताइरीका बारेमा निकालेको निष्कर्ष र सुझाव यस्तो छ ।

(१) मुख्य प्रशिक्षकले एन्फा सचिवालयको मातहतमा रही कार्य नगरी एक्लौटी र स्वेच्छाचारी रुपमा कार्य गर्ने प्रवृत्ति बढ्दै गएको हुंदा चेन अफ कमान्ड अनुसार कार्य गर्न निर्देशित गर्न सिफारिस गरिन्छ ।

(२) उहांको मुख्य जिम्मेवारी खेलाडी छनौट, प्रशिक्षण र मूल्यांकन गर्नु रहेकोमा अन्य व्यवस्थापन सम्बन्धी कार्यमा समेत हस्तक्षेप गर्ने प्रवृत्तिलाई सच्याउन सिफारिस गरिन्छ ।

(३) एकै पटक ९ जना खेलाडी क्याम्प छाडेर जानुमा मुख्य प्रशिक्षक, व्यवस्थापक तथा एन्फा सचिवालयको पनि अवश्य केही त्रुटी छन् । मुख्य प्रशिक्षकको स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणको लागि विदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद, तथा सामाजिक संजालमा अनावश्यक टिकाटिप्पणी जस्ता कृयाकलापले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको देखिन्छ । यस्तो अवस्थामा भविष्यमा अरु समस्या उब्जने प्रवल संभावनालाई समेत नकार्न सकिदैन । तसर्थः एसिया कप छनौट प्रतियोगिता पछि कतार एफ. ए. संगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ ।

(४) विगतमा युवा तथा खेलकुद मन्त्रालयले गरेको छानबिनमा मुख्य प्रशिक्षकलाई संचार माध्यममा अनावश्यक टिकाटिप्पणी नगर्न सचेत गराएको अवस्थामा हालमा पनि उनले बारम्बार प्रचार प्रसार र संचार माध्यममा अमर्यादित र आचार संहिता विपरित टिकाटिप्पणी गरी बादविवाद निम्त्याई रहेको हुंदा यस्ता गतिविधि नगर्न पुनः सचेत गर्न सिफारिस गरिन्छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.