3 years ago
August 26, 2022
मुस्ताङ (हाम्रो खेलकुद) – विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्ष उद्घाटन गर्ने लक्ष्यसहित आयोजना हुने टप अफ द वर्ल्ड गल्फ क्लासिकमा ३६ गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन् ।

शनिबार मुस्ताङ जिल्लाको लोमान्थाङस्थित मुस्ताङ गल्फ कोर्षमा हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजकले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै पुरस्कार समेत घोषणा गरेको हो । कोर्ष समुद्री सतहबाट ४ हजार ६ सय ४५ मिटरको उचाईमा रहेको बताइएको छ । भारतको सिक्किममा रहेको याक गल्फ कोर्ष यसअघि सर्वाधिक उचाइमा रहेको गल्फ कोर्षका रुपमा परिचित थियो । याक गल्फ कोर्ष समुन्द्री सतहबाट ३ हजार ९ सय ७० मिटरको उचाईमा रहेको छ ।
प्रतियोगितामा ३६ गल्फरले सहभागिता जनाउनेछन् । सहभागी मध्य ३ महिला गल्फर रहेका छन् । काठमाडौंबाट २१, पोखराबाट ११ तथा मुस्ताङ र बुटवलबाट समान २-२ गल्फर सहभागी छन् । प्रतियोगिताको तेस्रो होलमा होल इन वन गर्नेलाई घोडा पुरस्कार रहेको छ ।
गल्फ कोर्ष गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टको अगुवाईमा निर्माण भएको हो । सांसद विकास कोष र लोमान्थाङ गाउँपालिकाको सहयोगमा गल्फ कोर्ष निर्माण भएको बताइएको छ । कोर्ष हाललाई ९ होलको रहेको छ । ३६ पार कोर्षमा २ पार-३, ५ पार-४ र २ पार-५ होल रहेको छ ।
प्रतियोगिता ३/४ स्टेबलफर्ड फर्म्याटमा हुनेछ । प्रतियोगिताका विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, क्लोजेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिज गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ । प्रतियोगितालाई नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन र नेपाल गल्फ संघले प्राविधिक सहयोग गरेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]