default_image

3 years ago

August 27, 2022

टप अफ द वर्ल्ड गल्फ क्लासिक : श्याम र सुष्मालाई उपाधि

451 views

0 Bookmark

मुस्ताङ (हाम्रो खेलकुद) – टप अफ द वर्ल्ड गल्फ क्लासिकमा श्याम तामाङ र सुष्मा सिंहले क्रमशः पुरुष र महिलातर्फको उपाधि जितेका छन् ।

शनिबार मुस्ताङ जिल्लाको लोमाङथाङ्स्थित मुस्ताङ गल्फ कोर्षमा भएको प्रतियोगितामा काठमाडौंका श्यामले २२ अंक जोड्दै उपाधि जिते । पोखराका बलराम थापाले २० अंक जोड्दै दोस्रो भए । बेस्ट ग्रसको उपाधि रविन्द्र सैनीले जिते । उनले १४ ग्रस अंक जोडेका थिए ‌।

महिलातर्फ उपाधि सुष्मा सिंहले जितिन् । उनले १५ अंक जोडेकी थिइन् । क्लोजेस्ट टु द पिन श्याम सिम्खडा र लंगेस्ट ड्राइभ रविन्द्र सैनीले जिते । होल इन वनमा घोडा पुरस्कार राखेपनि कसैले सो पुरस्कार प्राप्त गरेनन् ।

कोर्ष समुद्री सतहबाट ४ हजार ६ सय ४५ मिटरको उचाईमा रहेको बताइएको छ । भारतको सिक्किममा रहेको याक गल्फ कोर्ष यसअघि सर्वाधिक उचाइमा रहेको गल्फ कोर्षका रुपमा परिचित थियो । याक गल्फ कोर्ष समुन्द्री सतहबाट ३ हजार ९ सय ७० मिटरको उचाईमा रहेको छ ।

प्रतियोगितामा ३६ गल्फरले सहभागिता थिए । सहभागी मध्य ३ महिला गल्फर रहेका छन् । काठमाडौंबाट २१, पोखराबाट १० तथा मुस्ताङ र बुटवलबाट समान २-२ गल्फर सहभागी छन् । एक अमेरिकी गल्फरले पनि खेलेका थिए ।

गल्फ‌ कोर्ष गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टको अगुवाईमा निर्माण भएको हो । सांसद विकास कोषबाट १०लाख खर्चेर गल्फ कोर्ष निर्माण गरिएको हो । कोर्ष हाललाई ९ होलको रहेको छ । ३६ पार कोर्षमा २ पार-३, ५ पार-४ र २ पार-५ होल रहेको छ ।

प्रतियोगिता ३/४ स्टेबलफर्ड फर्म्याटमा खेलिएको थियो । लोमान्थाङ् गाउँपालिकाले आयोजना गरेको प्रतियोगितालाई नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन र नेपाल गल्फ संघले प्राविधिक सहयोग गरेको छ । हिमालय गल्फ कोर्षका भुवन गुरुङले कोर्ष निर्माणमा सहयोग गरेका थिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.