default_image

2 years ago

September 7, 2022

भलिबल चुनाव : ११ पदाधिकारी निर्विरोध, निर्वाचन केहीबेरमा

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभामा मतदान प्रक्रिया सुरु नहुँदै ११ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्दा अध्यक्ष र महासचिवसँगै उपाध्यक्ष (बागमती), कोषाध्यक्ष र सचिव (लुम्बिनी र प्रदेश १) मा २–२ जनाबीच निर्वाचन हुने भएको छ । ११ सदस्य पदका लागि २२ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । ६ उपाध्यक्ष र ५ सचिव भने निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष पदका लागि निरोज मास्के र जितेन्द्र बहादुर चन्दबीच प्रतिस्पर्धा हुने भएको छ । महासचिव पदका लागि रोशन कुमार श्रेष्ठ र मनविर छन्त्याल तथा कोषाध्यक्षमा श्याम कृष्ण श्रेष्ठ र रिता कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

उपाध्यक्षमा बागमती प्रदेश बाहेक अन्य ६ प्रदेशबाट निर्विरोध निर्वाचित भएका छन् । याम बहादुर गुरुङ (गण्डकी), उपेन्द्र कुमार यादव (मधेश प्रदेश), हर्क सिंह धामी (सुदूरपश्चिम), भरत बहादुर शाह (कर्णाली), मदन खड्का (प्रदेश १) र भिम ओली (लुम्बिनी) बाट उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भए । बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम प्रसाद लासिवा र ज्योति केसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सचिवमा सोम बहादुर श्रेष्ठ (मंगल) (कर्णाली), महम्मद फिरोज (मधेश), श्रीधर शर्मा (गण्डकी), गणेश सिंह ठगुन्ना (सुदूर) र सुनकेशरी माली (बागमती) प्रदेशबाट निर्विरोध निर्वाचित भएका छन् । झक बहादुर मिदुन र दीपक जिएमबीच लुम्बिनी प्रदेश तथा विनोद सुवेदी र विश्वराज धिमालबीच प्रदेश १ को तर्फबट सचिव पदमा निर्वाचन हुने भएको छ । बागमतीका श्रीराम बोगटीले उम्मेदवारी फिर्ता लिए ।

११ सदस्यको लागि सदस्यमा २२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा राज बहादुर खड्का, कुमार राई, दीपक लामा, राज कुमार गुरुङ, अन्जु श्रेष्ठ, ईश्वर बहादुर शाही, बाँच बहादुर रावत, छल कुमारी छन्त्याल, जुनु पुन मगर, दिनेश श्रेष्ठ, गंगा थापा श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, रामा शंकर चौधरी, चन्द्र वदना राई, अशोक काजी थापा, सुदर्शन जमरकट्टेल, राम बहादुर खड्का, जय कुमार श्रेष्ठ, थर्क कुमार चोमवाङ, योगेन्द्र सुवेदी, श्याम कुमार आचार्य र प्रणिण श्रेष्ठ रहेका छन् । सदस्य पदमा चुँडा कुमारी खड्का र राजेश कार्कीले सदस्य पदबाट उम्मेदवारी फिर्ता लिए ।

निर्वाचन केहीबेरमा सुरु हुने भएको छ । संघको विधान अनुसार निवर्तमान अध्यक्ष नयाँ कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था छ । त्यस्तै २ उपाध्यक्ष कार्यसमितिले मनोनित गर्नेछ ।

४१ सदस्यीय कार्यसमितिमा १ अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ सचिव र ११ सदस्य गरी २८ जना निर्वाचित हुनेछन् । बाँकी १३ मध्ये १२ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ ।

१ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् । निर्वाचनमा १ सय ३६ जना मतदाता रहेपनि यसपल्ट भने १३० जनाले मात्र मतदान गर्न पाउनेछन् । ७७ वटै जिल्लाबाट ७७ जना, सात प्रदेशबाट १४ जना, हालको केन्द्रीय कार्यसमितिबाट ३९ जना रहेपनि तीन जना राखेपका कर्मचारी रहेकाले मत हाल्न पाउने छैनन् ।

रेफ्री कमिसनबाट १ र राष्ट्रिय खेलाडी (पुरुष र महिला) र तीन सिभिल क्लब (ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र, न्यू डायमण्ड युथ स्पोर्टस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र) ले संघको निर्वाचनमा मताधिकार पाएका छन् ।

विवादका कारण बागमती प्रदेशले मताधिकार गुमाएको छ । संघका पुर्व अध्यक्ष दान बहादुर तामाङ दक्षिण अफ्रिकाको राजदुत भएपछि उनी त्यसतर्फ प्रस्थान गरेपछि अनुपस्थित छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

Success

Thank you for your time.