default_image

2 years ago

September 19, 2022

विष्टलाई प्रवल जनसेवाश्रीबाट विभूषित गरिने

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदका व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी दीपक विष्ट प्रवल जनसेवाश्रीबाट विभूषित हुने भएका छन् ।

संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्नेको घोषणा गर्दा विष्टले जनसेवा श्रीबाट सम्माति हुने भएका हुन् । दक्षिण एसियाली खेलकुदमा (साग) मा लगातार चार स्वर्ण, एसियाली खेलकुदमा २ कास्य जित्ने एक मात्र खेलाडी विष्ट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दोस्रो नेपाली हुन् ।

विष्टसँगै खेलक्षेत्रका दर्जनभन्दा बढी व्यक्तिहरु पनि विभूषित हुने भएका छन् । महिला राष्ट्रिय भलिबल टोलीलाई दुई पटक सेन्ट्रल जोन च्याम्पियन बनाउन सफल प्रशिक्षक जगदिश भट्ट, सोही टोलीकी कप्तान अरुणा शाही, युथ पारा एसियन च्याम्पियनसिपकी स्वर्ण पदक विजेता पलेशा गोबद्र्धन, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठ, फुटबल प्रशिक्षक अरुणा गुरुङ र तेक्वान्दो खेलाडी भजिन्द्रबहादुर क्षेत्री जनसेवा श्रीबाट विभूषित हुने भएका छन् ।

पूर्व एथलेटिक्स खेलाडी एपिएफकी प्रमिला रिजाल प्रताप भुषणबाट सम्मानित हुने भएकी छन् । त्यस्तै रेनुका श्रेष्ठ, दीपक महर्जन, प्रशान्त मल्ल, श्याम गुरुङ, मोतीकला गुरुङ, शिवनध्वज देवान राई र रन्जित तामाङले सुकिर्ति पदकबाट सम्मानित हुने भएका छन् ।

विभूषित हुने खेलाडी र खेलकर्मी

प्रवल जनसेवाश्री – दीपक विष्ट

जन सेवाश्री – जगदिश भट्ट निलेन्द्र राज श्रेष्ठ सुजन लाल श्रेष्ठ जगत बहादुर खड्का (खेलकुद प्रवद्र्धक) पलेशा गोबद्र्धन श्रेष्ठ अरुणा गुरुङ अरुणा शाही भजिन्द्र बहादर क्षेत्री (तेक्वान्दो खेलाडी)

नेपाल प्रताप भुषण – प्रमिला रिजाल ( सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय)

सुकिर्ति पदक – रेनुका श्रेष्ठ दीपक महर्जन प्रशान्त मल्ल श्याम गुरुङ मोतिकला गुरुङ शिवनध्वज देवान राई रन्जित तामाङ

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

Success

Thank you for your time.