default_image

2 years ago

October 14, 2022

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन

202 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – झन्डै ४० वर्षपछि पोखरामा फर्किएको नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ ।

पोखरा रंगशालामा शुक्रबार साँझ उपराष्ट्रपति नन्दबहादुर पुनले ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे । नेपाली खेलकुदको इतिहास बोकेको राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी फेरि पाएको गण्डकी प्रदेश बासीलाई बधाई दिँदै यसअघिकै प्रतिस्पर्धामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई बधाईसँगै अब प्रतिस्पर्धा गर्ने खेलाडीलाई पनि बधाई तथा सफलताको शुभकामना व्यक्त गरे ।

युवा तथा खेलकुद मन्त्रीससँगै राष्ट्रिय खेलकुदको मुल आयोजक समितिका अध्यक्ष महेश्वर जंग गहतले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको झन्डोतलन गरे । सातौं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गरेका थिए ।

एकताबद्ध देश, खेलकुदको सन्देश नाराका साथ २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएनसहित ११ टिमले भाग लिएका छन् ।

२०७५–७६ सालमा लुम्बिनी प्रदेशको नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद समापनसँगै नवौं संस्करणका लागि गण्डकी तय भएपनि कोरोना कहरका कारण निर्धारित २ वर्षमा हुने प्रतियोगिता झन्डै पछि सरेको थियो । नवौं संस्करणको भव्य उद्घाटनसँगै घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताको प्रतीक्षाको घडी समाप्त भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्रालय र ओलम्पिक कमिटिको तर्फबाट धन्यवाद व्यक्त गरे । उनले खेलकुदको माध्यमबाट राष्ट्रको गौरव बढाउने कुरामा अझ प्रभावकारी ढंगको अध्ययन गरिरहेको बताए । १३औं सागमा उल्लेखनीय सफलता प्राप्त गरेको स्मरण गर्दै नवौंका आयोजनाले उत्कृष्ट खेलाडी छानिने र यसले राष्ट्रको शिर उचो पार्न यसले मद्दत पुर्याउने बताए ।

खेलकुद मन्त्री तथा आयोजक समितिका अध्यक्ष गहतराजले व्यक्तिको शारीरिक तन्दुरुस्तको लागि खेलकुद आवश्यक रहेको खेलकुदमै रोजगारी सिर्जना गर्न सरकारले तयारी गरिरहेको बताए । उनले खेलकुद विश्वको उदाउदो अर्थतन्त्र तथा उद्योगको रुपमा बिकास हुँदै गइरहेको स्मरण गराउँदै मन्त्री गहतराजले खेलकुद सरकारको प्राथमिकता हुनुपर्ने र निजीको पनि साथ चाहिने औंल्याए ।

‘सरकारले प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने रणनीति लिएको छ । स्थानिय, प्रदेश र नेपाल सरकारले आ–आफ्नो ठाउँबाट नीति योजना र कार्यक्रमको साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको छ,’ मन्त्री गहतराजले भने, ‘खेलाडी तथा प्रशिक्षकको क्षमता बिकास, खेलकुद विश्व विद्यालय स्थापना र खेलकुदको २० वर्षे गुरु योजना निर्माण, खेलाडी बिमा र पुरस्कार तथा सम्मान तथा प्रोत्साहनलाई अघि बढाइएको छ । एक प्रदेश एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला, एक स्थानिय तह एक खेल ग्राम तथा एक विद्यालय तथा एक पुर्वाधारको अवधारणा अघि सारिएको छ ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ४० वर्षपछि खेलकुदको या पर्व यहाँ आयोजना गरेर गण्डकीलाई आयोजक प्रदेश बनाएको र यहाँ उपस्थित सबैलाई स्वागत र धन्यवाद ज्ञापन गरे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पोखराले दोस्रोपटक राष्ट्रिय खेलकुदको आयोजना गर्न गइरहेको र समयक्रमको हिसावले सन्तोषजनक मान्न नसकेपनि खेलकुद समग्रमा बिकासमा प्राप्त उपलब्धिको आधारमा यसलाई हेरिनुपर्ने बताए ।

ठुला प्रतियोगितामा भाग लिएपनि नेपाली खेलाडीको खेल जीवनमा राष्ट्रिय खेलकुदको सहभागिता र प्राप्त पदकको छुट्टै महत्व र विशिष्ट प्रभाव रहेको बताए । सदस्यसचिव घिसिङले यही प्रतियोगिताबाट राष्ट्रिय टिमको निर्माण गरिने भएकाले उत्कृष्ट हुने खेलाडीलाई शुभकामना व्यक्त गरे । उनले सबैलाई खेलाडीको हौसला बढाइदिनसमेत आग्रह गरे ।

समारोहमा सबै सहभागी टिमहरुले मस्कटसहित मार्चपास गरेका थिए । सातै प्रदेशका सांस्कृतिक झाँकी, विद्यार्थीबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम, आतिशवाजी र मनोरञ्जनात्मक कार्यक्रमबीच उद्घाटन गरिएको थियो । उद्घाटनमा कुन्ती मोक्तान, आनन्द कार्की, शिव परियार, रचना रिमाल लगायतले आफ्नो प्रस्तुति दिएका थिए ।

३ कार्तिकसम्म चल्ने प्रतियोगितामा ७ प्रदेशसहित तीन भिागीय टोली (आर्मी, पुलिस र एपिएफ) र गैर आवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोलीका कुल ६ हजार १ सय ५७ खेलाडीले ३६ खेलका लागि प्रतिस्पर्धा गर्ने प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए । विजयी खेलाडी र टीमले ४ सय ४ स्वर्ण र सोही अनुरुपमै रजत र त्यसको दोब्बर कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यति धेरै पदक र पुरस्कार भएको यो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडी एवं खेलप्रेमीका लागि कुम्भमेला हो । प्रतियोगितालाई प्रदेशका सबै ११ जिल्लामा आयोजना गर्ने भनिए पनि मनाङ, मुस्ताङ र लमजुङमा सम्भव भएन । अन्य जिल्लामा भने कुनै न कुनै प्रतियोगिता तय भएको छ । गण्डकी प्रदेशअन्तर्गत म्याग्दीमा महिला भलिबल र तेक्वान्दो, बागलुङमा आइटिएफ तेक्वान्दो, गोरखामा बुद्धिचाल, तनहुँमा बास्केटबल, स्याङ्जामा महिला फुटबल, पर्वतमा कराते र नवलपरासीमा कुस्ती, सेपाकताक्रो प्रतियोगिता हुने भएको छ । अन्य खेलको प्रतियोगितामा पोखरामा हुनेछन् । केही खेलको नतिजा पनि आउने क्रम जारी छ ।

२०३८ सालमा काठमाडौंमा पहिलो राष्ट्रिय खेलकुद प्ररम्भ भएको थियो भने २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । गण्डकीले चार दशकपछिमात्र अर्को संस्करणको मौका पाएको हो ।

खेलाडीको तर्फबाट एसियन गेम्स २०१८ मा पदक जित्न सफल भएका प्याराग्लाइडिङका सुशिल गुरुङले तथा निर्णायकको तर्फबाट एसियन भलिबल रेफ्री क्यान्डिडेट टहल सिंह थापामगरले सपथ लिएका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

Success

Thank you for your time.