3 years ago
October 24, 2022
गण्डकी प्रदेशको पोखरामा गत साता नवौं राष्ट्रिय खेलकुद २०७९ सम्पन्न भयो । माछापुच्छ्रेको काखमा अवस्थित पोखरा रंगशाला परिसरमा राष्ट्रिय खेलकुदका अधिकांश खेल सम्पन्न भए । नवौं राष्ट्रिय खेलकुदका दौरान हाम्रो खेलकुदका उत्सव शाक्यले कैद गरेको ९ महत्त्वपूर्ण क्षण यसप्रकार छ ।

१. एथलेटिक्स अन्तर्गत पुरुष ३ हजार मिटर स्टिपलचेजमा राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेपछि कर्णाली प्रदेशका दुर्गा बहादुर बुढा जन्मभूमि जुम्लाको स्याउ टोकेर खुसियाली मनाउँदै ।

२. एथलेटिक्सको पुरुष १ सय मिटर दौडमा स्वर्ण जिते पछि हर्षित एपिएफका शिवराज पार्की ।

३. एथलेटिक्सको लङ जम्पका दौरान आर्मीकि जयरानी थारु । जयरानीले नवौंमा तीन व्यक्तिगत स्पर्धामा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । उनले दुई रिलेसहित कुल ५ स्वर्ण जितिन् ।

४. पूर्व राष्ट्रिय स्क्वास खेलाडी हिरा थापा मगर छोरा अमृत थापा मगरलाई स्क्वासको पुरुष एकलतर्फ फाइनल खेलमा प्रशिक्षण दिदै । अमृतले उक्त फाइनल जित्दै स्वर्ण हासिल गरेका थिए ।

५. नवौं राष्ट्रिय खेलकुदमा ९ स्वर्ण र एक रजत सहित सर्वाधिक १० पदक जित्न सफल त्रिभुवन आर्मी क्लबकी पौडी खेलाडी डुवाना लामा ।

६. त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठले समूह चरणको खेलमा नेपाल पुलिस विरुद्ध गरेको सुरुवाती गोल सोही दिन विहान आर्मीका प्याराग्लाइडिङ खेलाडीको निधन भएका निसिम थापालाई समर्पण गरे ।

७. डेब्यु प्रतियोगितामै स्वर्ण जितेपछि खुसी मनाउँदै नेपाल पुलिस क्लब महिला क्रिकेट टोलीका खेलाडी ।

८. पुरुष फुटबलको फाइनलमा एपिएफविरुद्ध एक्रोबेटिक किक प्रहार गर्दै त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठ ।

९. नवौं राष्ट्रिय खेलकुदको ट्रफीसँग खुसीयाली मनाउँदै विजयी टोली त्रिभुवन आर्मी क्लब ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]