3 years ago
January 26, 2023
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब पोखरामा जारी तेस्रो टाइगर कप भलिबलको महिलातर्फ फाइनलमा पुगेको छ । होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई सेमिफाइनलमा बिहीबार ३–१ को सेटमा हराउँदै आर्मीले फाइनल यात्रा तय गरेको हो ।

आर्मीले अब अर्को विभागिय टोली नेपाल एपिएफ क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो सेट गुमाएर पनि आर्मी पूनरागमन गर्न सफल भएको थियो । पहिलो सेटमा २३–२५ ले गुमाएपनि त्यसपछि २५–१३,२५–२२ र २५–१२ नतिजा निकाल्दै आर्मी विजयी भएको थियो ।
त्यसअघि साविक विजेता एपिएफ क्लब पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसि घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार तेस्रोपटक फाइनल पुगेको थियो । एपिएफले गण्डकीलाई २५–१३,२५–१७,२५–२१ ले हराएको थियो ।
पहिलो संस्करणमा पुलिससँग ३–० को सोझो सेटमा पराजित हुँदै उपाधि विमुख बनेको एपिएफले दोस्रो संस्करणमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो । आज नै पुरुषतर्फ राउन्ड रोविन लिगको अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । गण्डकी र सेन्ट जोसेफ तथा आर्मी र पुलिसबीच खेल हुनेछ । यो खेलपछि पुरुषतर्फको सेमिफाइनल समिकरण पुरा हुनेछ ।
एपिएफ ४ खेलमा चार जितसँगै १२ अंक जोडेर सेमिफाइनलमा पुगिसकेको छ । अब बाँकी चार टोलीमध्येबाट तीन टोली शीर्ष चारमा रहँदै सेमिफाइनलमा पुग्नेछ । गण्डकीको तीन खेलबाट ५ अंक छ । आर्मीको तीन खेलबाट ४ अंक छ । पुलिसको २ तथा सेन्ट जोसेफको १ अंक छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस तथा दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको थियो । महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]