3 years ago
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध २८ औं बलमा पहिलो रन जोडेको छ । टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै ५ रन बनाएको छ । नेपालले तीव्र गतिका बलर बिलाल खान र कलिमुल्लाहको बलमा रन जोड्न निकै संघर्ष गरेको छ ।

नेपालले पहिलो खाता २८ औं बलमा खोलेको थियो । सुरुवाती २७ बल सम्म नेपालले दुबै ओपनरमा गुमाउँदै कुनैपनि रन जोडेको थिएन । बिलाल खानको पाँचौं ओभरको चौथो बलमा खाता खोलेको थियो । भीम सार्कीले मिडअफमा सट प्रहार गर्दै एक रनका साथ खाता खोलेका थिए ।
नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई खाता नखोल्दै गुमाएको थियो । टियु एण्डबाट आएका तीव्र गतिका बलर बिलाल खानको बलमा कुशल एलबीडब्लू आउट भएका थिए । चोभार एण्डबाट आएका कलिमुल्लाहको चौथो ओभरको चौथो बलमा आसिफ शेख बोल्ड आउट भए ।

नेपालका भीम सार्की १३ बलमा २ रन बनाएका छन् । रोहित पौडेल ५ बलमा ३ रनमा क्रिजमा छन् । आसिफले १० र कुशलले ८ बल खेल्दा रन जोड्न सकेनन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर करण केसीलाई मौका दिँदा गुलशन झालाई बेन्चमा राखेको छ । टोलीमा अन्य परिवर्तन गरेको छैन ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]