default_image

1 year ago

May 1, 2023

नेपालको सानदार बलिङ, तर वर्षाले खेल रोकियो

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको फाइनल खेलमा सानदार बलिङ गर्दा वर्षाको कारण युएईसँगको खेल रोकिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई १६ ओभरमा ६०(५ को दयनीय अवस्थामा छ । युएईका आसिफ खान २० बलमा ३ चौकासहित १५ रनमा क्रिजमा छन् । उनलाई बसिल हमिदले ११ बलमा १ चौकासहित ६ रनमा साथ दिएका छन् ।

नेपालले सानदार बलिङका साथ युएईलाई दयनीय अवस्थामा पुयाएपनि वर्षाको कारण पिच र ३० ¥यार्ड क्षेत्र कभरले ढाकिएको छ । टियुमा अहिले सामान्य वर्षा भएको छ । सामान्य वर्षा भएको हुँदा चाँडैनै कभर हट्न सक्ने अनुमान गरिएको छ । नेपालका करण केसीले सर्वाधिक दुई विकेट लिएका छन् । सोमपाल कामी, ललितनाराण राजवंशी र सन्दीप लामिछानेले एक एक विकेट लिएका छन् ।

चोभार एण्डबाट आएका तीव्र गतिका बलर सोमपाल कामीको चौथो ओभरको पहिलो बलमा गल्लीमा युएईका कप्तान मोहम्मद वासिम ११ रनमा टप एज लागेर ललितनारायण राजवंशीबाट क्याच आउट भए । उनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि वासिम र आर्यन लाक्राले १७ रनको साझेदारी गरेका थिए ।

यस प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै क्याच आउट भए । तीव्र गतिका बलर करण केसीको पाँचौं ओभरको पाँचौं बलमा वृत्य सट खेल्ने धुनमा आउट साइड एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए ।

आर्यन लाक्राले ब्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए । स्पिनर ललितको आठौं ओभरको पाँचौं बलमा डप स्क्वायर लेगमा भीम सार्कीले क्याच छाड्न पुगेका थिए । तर करण केसीको लगत्तै अर्को ओभरको पहिलो बलमा आर्यन १३ रनमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।

स्पिनर ललितको १० औं ओभरको पहिलो बलमा अनुभवी ब्याटर रमिज शाहजाद लङअनमा गुलशन झाबाट ५ रनमा क्याच आउट भए । सन्दीप लामिछानेको १४ औं ओभरको पहिलो बलमा रोहन मुस्तफा सट लेगमा कुशल मल्लबाट दुई रनमा क्याच आउट भएपछि युएई ५१(५ को दयनीय अवस्थामा पुगेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

Success

Thank you for your time.