default_image

3 years ago

May 23, 2023

लगातार दोस्रो सहज जितसँगै भारत सेमिफाइनल नजिक

557 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतले एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तरगत दोस्रो खेलमा कीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल नजिक पुुागेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा भारतले कीर्गिस्तानलाई ३(० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

भारतले कीर्गिस्तानलाई २५-१७, २५-८ र २५-८ को सोझो सेटमा पराजित गरेको हो । कीर्गिस्तानले पहिलो सेटमा केहि प्रतिस्पर्धा गरेपनि उक्त प्रदर्शन पुन दोहोराउन सकेन । भारतले दोस्रो र तेस्रो सेट सहजै जितेको थियो । पहिलो खेलमा भारतले बंगलादेशलाई ३(० सोझो सेटमा नै पराजित गरेको थियो ।

समूह ए मा रहेको भारत २ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । नेपालले आज दिउँसो ३ बजे बंगलादेशसँग खेल्नेछ । पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । नेपाल आज विजयी भएमा नेपाल र भारत एक खेल अगावै सेमिफाइनलमा पुग्नेछन् । भारतले समूह चरणको अन्तिम खेल नेपालसँग बुधबार खेल्नेछ ।

यस्तै समूह बी अन्तर्गत श्रीलंका र काजकस्तानबीचको खेल मध्यान्ह १२ः३० बजे हुनेछ । उज्वेकिस्तान र माल्दिभ्सबीचको खेल साँझ ६ः३० बजे हुनेछ । काजकस्तानले पहिलो खेलमा माल्दिभ्सलाई तथा उज्वेकिस्तानले श्रीलंकालाई पराजित गरेको छ । काजकस्तान र उज्वेकिस्तान विजयी भएमा समूह ‘बी’ बाट अन्तिम खेल अघि नै सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ।

च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सात दिने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.