3 years ago
May 24, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल काभा महिला भलिबल च्यालेन्ज कपको समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।

नेपाल भारतसँग ३-१ को सेटमा पराजित हुँदै समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । नेपालले सेमिफाइनलमा समूह बी को विजेता काजकस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित हुँदै अन्तिम चारमा पुगेको हो। नेपालले पहिलो सेट १२–२५ ले गुमाएको थियो। पहिलो सेट सस्तैमा गुमाएपनि नेपालले त्यसपछि सानदार प्रदर्शनमा साथ उपाधि दाबेदार भारतलाई कडा चुनौती दिएको थियो ।
प्रतिस्पर्धात्मक दोस्रो सेट २४–२६ ले गुमाउन पुग्यो । निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक चौथो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पारेको थियो। चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै समुह उपविजेता बनेको हो । चौथो सेटमा नेपाल एक समय १८(१५ को अग्रतामा थियो । तर त्यो अवस्थाबाट भारतले सानदार पूनरागमन गर्दै जित पक्का गर्यो ।

भारत समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । भारतले सेमिफाइनलमा समूह बी को उपविजेता उक्वेकिस्तानसँग खेल्नेछ । आजै भएको समुह बी को खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]