default_image

1 year ago

June 13, 2023

नेपालका ४ राष्ट्रिय टोली एकैदिन खेल्दै

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना संक्रमणका कारण थिलथिलो बनेको नेपाली खेलकुद पछिल्लो समय केही चलायमान बन्दैछ । झन्डै साढे २ वर्ष कोरोनाका कारण खेल गतिविधिमा प्रभाव परेपनि त्यसले बिस्तारै गति लिँदै गएको छ ।

घरेलु खेलकुदमा नवौं राष्ट्रिय खेलकुदपछि अन्य राष्ट्रिय प्रतियोगिता पनि जारी रहँदा अन्तर्राष्ट्रिय रुपमा पनि नेपाली टोलीले एकपछि अर्को सहभागिता र सफलता हासिल गर्दै आएका छन् । यस्तोमा जेठ ३२ गते नेपालको ४ राष्ट्रिय टोली संयोगवश एकै दिन मैदान उत्रने भएका छन् ।

त्यस दिन विहान १०:४५ बजे नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला टि२० एमर्जिङ टिम्स कपमा भारत ए को सामना गर्नेछ । त्यस्तै क्रिकेटतर्फ नै नेपालको पुरुष राष्ट्रिय टोलीले आइसीसी क्रिकेट विश्वकप २०२३ को छनोटमा ओमानसँग खेल्नेछ । उक्त खेल मध्यान्ह १२:४५ बजे सुरु हुनेछ ।

फुटबलतर्फ नेपालको पुरुष राष्ट्रिय टोलीले साँझ ४:४५ बजे फिलिपिन्सको राष्ट्रिय टोलीको सामना गर्नेछ । अर्को साताबाट भारतमा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल फिलिपिन्स पुगेको हो ।

र साँझ ४:४५ बजे नै नेपालको पुरुष बास्केटबल राष्ट्रिय टोलीले पाकिस्तानसँग फाइभ नेसन च्याम्पियनसिपमा खेल्दैछ । यो प्रतियोगिता माल्दिभ्समा हुँदैछ ।

यसै पनि जुन महिना नेपाली खेलकुदका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा निकै व्यस्त हुने देखिन्छ । अर्को सातादेखि नै नेपालको राष्ट्रिय भलिबल टोली पनि किर्गिस्तानमा हुने काभा पुरुष च्यालेन्ज कपमा सहभागी हुँदैछ ।

हाम्रो खेलकुद डट कमको मोबाइल एपमा तपाईंहरुले सम्पूर्ण खेलको तालिका एकसाथ हेर्न सक्नुहुन्छ । आफूलाई मनपर्ने खेलको समाचार, भिडियो लगायत विभिन्न सुविधा मोबाइल एपमा राखिएको छ । हाम्रो खेलकुदको एप सम्पूर्ण दर्शकका लागि निशुल्क एप स्टोर र प्ले स्टोरमा उपलब्ध छ । तपाईंले यहाँ थिचेर सहजै डाउनलोड गर्न सक्नुहुन्छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

Success

Thank you for your time.