default_image

2 years ago

June 14, 2023

मुख्यमन्त्री राष्ट्रिय महिला भलिबल – एपिएफ र पुलिस फाइनलमा

598 views

0 Bookmark

हिमाल खरेल , बिर्तामोड,

दुई विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।

आज साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै एपिएफले फाइनलमा स्थान सुरक्षित गरेको हो । पुलिसले दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।

एपिएफले आर्मीलाई २५–१२, २५–१२ र २५–१९ को सेटमा जित निकालेको हो । पुलिसले बागमतीविरुद्ध २५–१९, २५–१७ र २५–१९ को सेटमा जित निकाल्यो । फाइनल प्रवेशसँगै एपिएफ र पुलिसले कम्तिमा १ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेका छन् ।

फाइनल खेल भोलि जेठ ३२ गते साँझ हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन् । बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरोलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा भइरहेको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको वाग्लेले जानकारी दिए ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.