default_image

2 years ago

June 18, 2023

केल्मीको नक्कली सामाग्री बनाउने तीन जना पक्राउ

436 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पोशाक उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनि केल्मीको नक्कली सामग्री उत्पादन तथा वितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली खेलकुद क्षेत्रमा निकै आक्रामक बजार भएको केल्मीको नक्कली सामाग्री निर्माण तथा विक्री गर्ने तीन व्यक्तिलाई आइतबार फरक फरक ठाउँबाट पक्राउ गरिएको हो । पोखरास्थित ज्याकेट हाउसबाट ५ सय प्रति पोशाक सहित त्यस संस्थाका मालिकलाई प्रहरीले पक्राउ गरेको हो । हाल उनलाई बैदाम प्रहरीले हिरासतमा राखेको छ ।

त्यस्तै काठमाडौंबाट पनि दुई जनालाई पक्राउ गरिएको छ । एसकेसी गार्मेन्ट, भोटाहिटी र सुजन सिर्जना शिभम रेडिमेड स्टोर, महाबौद्धबाट पनि १२०० पिस सामाग्री सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुवै संस्थाका मालिक र सामाग्री निर्माण गर्ने मेसिसहित एक भारतीय नागरिक छन् ।

नेपालमा केल्मीको अधिकारिक विक्रेता तथा वितरक कामरु ट्रेडिङ प्रालिले आधिकारिक केल्मीको स्टोरबाट मात्र सक्कली सामग्री खरिद गर्न आग्रह गरेको छ । केल्मीले नेपाली खेलकुदमा राष्ट्रिय क्रिकेट टोली, राष्ट्रिय भलिबल टोली, ए डिभिजन फुटबल क्लब लगायत विभिन्न टोलीलाई प्रायोजन गर्दै आएको छ ।

केल्मीले ग्राहकहरुको सहजताका लागि नेपालभर आफ्नो आउटलेट खोलेको छ । दरवारमार्गमा मुख्य स्टोर रहेको केल्मीले देशभर २० ओटा आउटलेट खोलेको छ । राजधानीमा ७ ओटा र देशका मुख्य सहरमा केल्मीका १३ स्टोर रहेका छन् ।

November 13, 2025

लालीगुराँस र चिल्लाङ राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]

November 13, 2025

रोहितको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको‌ मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको‌ ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]

November 13, 2025

लुम्बिनीले मधेशलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले दोस्रो जित निकालेको छ। लुम्बिनीले मधेश युनाइटेडलाई ३-१ ले हरायो। लुम्बिनीको भने यो दोस्रो जित हो। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक बन्यो। जहाँ २४-२२ को अग्रता मधेशले जोगाउन सकेन। यो सेट लुम्बिनीले २८-३६ ले जित्दै १-० को अग्रता […]

Success

Thank you for your time.