2 years ago
June 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर निरज कुमार यादवलो मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध २१ बलमै अर्धशतक प्रहार गरेका छन् ।

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ७ ओभरमा कुनै विकेट नगुमाई ७४ रन बनाएको छ । नेपालका ओपनर निरज कुमार यादव २३ बलमा ४ चौका र ५ छक्कासहित ५१ रनमा क्रिजमा छन् । उनलाई सुर्यांशु कोइरालाले २० बलमा ३ चौकासहित १७ रनमा साथ दिएका छन् ।
निरजले सातौं ओभरमा आर्शिवाद नारायणलाई तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै २१ बलमै अर्धशतक पूरा गरेका थिए । उनको अर्धशतकमा नेपालले विष्फोटक सुरुवात गरेको छ ।
समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनएसिया छन् । समूह ए को खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो ।
थाईल्यान्ड पहिलो खेलमै पराजित भएको हुँदा नेपाल पहिलो जित निकालेको खण्डमा सेमिफाइनलमा पुग्नेछ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल ३ जुलाई र फाइनल ४ जुलाईमा हुनेछ ।
नेपालको यू(१६ टोली ः
दीप भुजेल, कार्तिक कामत, प्रतिक पोखरेल, निरज यादव, अभिषेक तिवारी (कप्तान), सुर्यांशु कोइराला, आषिश लुइटेल (विकेटकिपर), सन्तोष यादव, अशोक धामी, सचिन मल्ल र नरेन भट्ट ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]